युएनमा बिएचएमका बिद्यार्थी कोशी टपर,कलेजद्धारा नगद सहित सम्मान(भिडियो सहित) "नेपाल टप गर्नेलाई ५० हजार नगद दिन आतुर:प्रमुख तुम्बापो"

  • भदौ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.तेस्रो सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा सिम्रन तामाङलाई शुक्रवार कलेजले सम्मान गरेको छ ।

कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि सिम्रनलाई सम्मान गरेको हो ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. तेस्रो सेमेस्टरको परीक्षामा जि.पि.ए. ३ दशमलव ८८ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिएका छन् ।

त्यसैगरी प्रदेश दोश्रो हुने स्मारिका श्रेष्ठ र तेश्रो अंशु मंग्रातीलाई पनि क्रमसः १५ हजार र १० हजार नगद सहित सम्मान गरेको थियो ।

दोश्रो हुने श्रेष्ठले ३ः८७ र तेश्रो हुने मंग्रातीले ३ः८५ जिपिए ल्याएका छन् । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ,लगाएत प्रध्यापकहरुले सिम्रनलाई बधाई दिएका थिए ।

सम्मानपछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिदै यस अघि युएन कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेस टपर र नेपाल सेकेन्ड टपर सम्म भएको हुदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरि मेहनत गर्न बिद्यार्थीहरुलाई आग्रह गरे।

नेपाल टपर हुने विद्यार्थीलाई ५० हजार नगद पुरस्कार दिन आतुर रहेको पनि कलेज प्रमुख तुम्बापोले बताए ।

आफुले मिहिनेत गरे अनुसार प्रदेस प्रथम भई कलेजले सम्मान गर्दा खुशी लाग्नुका साथै थप हौसला मिलेको सम्मानित छात्रा तामाङले बताइन ।

युएन नवोदय कलेजले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्नको लागि नगद सहित सम्मान गर्दै आएको छ ।

भिडियो

 

तस्बिरहरु:

uuuuu 1 uuuu uu 2 uuu 1 u 1

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved