धरान/ कर्मकाण्डमा विसंगति बढ्दै गएको भन्दै समय समयमा हुने चर्चाप्रति ब्राम्हण समाज धरानका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
व्राम्हण समाज धरानको आयोजना तथा पिण्डेश्वर विद्या पीठको सहकार्यमा धरानमा भएको १५ दिने ज्योतिष वास्तु विज्ञान तथा कर्मकाण्ड सम्बन्धी तालिमका समयमा ब्रँम्हण समाजका अग्रजहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका बौल्दै पिण्डेश्वर विद्या पिठका प्राचार्य काशीनाथ पौडेलले कर्मकाण्ड गर्ने क्रममा आचारण विरुद्ध गएको खण्डमा त्यसले व्राम्हण समाजप्रति नै नकरात्मक सन्देश प्रवाह गर्ने बताए । उनलै कर्म काण्डलाई मर्यादित सुझाव दिए ।
सो अवसरमा बोल्दै ब्राम्हण समाज नेपाल कोशी प्रदेशका अध्यक्ष केशवप्रसाद अधिकारीले पछिल्लो समय ब्राम्हण समाज नेपाल सबै जातजाति, धर्म सँस्कृतिसँग सहकार्य गरेर अगाडि बढेको बताए ।
उनले व्राम्हण समाजलाई विगतमा धरानमा उपमहानगरपालिकाले वेवास्ता गरे पनि पछिल्लो समय समाजको नाममा केही बजेट छुट्याएकोमा सकारात्मक भएको बताए ।
यो तालिम धरान उपमहानगपालिकाले छुट्याएको बजेटबाट भएको थियो । ब्राम्हण समाज धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीको अध्यक्षतामा भएको तालिममा महिला र पुरुष गरी ७० जनाको सहभागिता रहेको छ ।
ब्राम्हण समाजलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्दै सकारात्मक सन्देश प्रवाहलाई जोड दिदै कर्मकाण्डी तथा ज्योतिष वास्तु विज्ञानका विद्यार्थी उत्पादन गर्ने लक्ष्य सहित तालिमको आयोजना गरिएको ब्राम्हण समाज धरान नगर समितिले जनाएको छ ।