कर्मकाण्डको बिकृतीप्रति चिन्ता: ब्राम्हण समाज

  • भदौ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कर्मकाण्डमा विसंगति बढ्दै गएको भन्दै समय समयमा हुने चर्चाप्रति ब्राम्हण समाज धरानका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

व्राम्हण समाज धरानको आयोजना तथा पिण्डेश्वर विद्या पीठको सहकार्यमा धरानमा भएको १५ दिने ज्योतिष वास्तु विज्ञान तथा कर्मकाण्ड सम्बन्धी तालिमका समयमा ब्रँम्हण समाजका अग्रजहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका बौल्दै पिण्डेश्वर विद्या पिठका प्राचार्य काशीनाथ पौडेलले कर्मकाण्ड गर्ने क्रममा आचारण विरुद्ध गएको खण्डमा त्यसले व्राम्हण समाजप्रति नै नकरात्मक सन्देश प्रवाह गर्ने बताए । उनलै कर्म काण्डलाई मर्यादित सुझाव दिए ।

सो अवसरमा बोल्दै ब्राम्हण समाज नेपाल कोशी प्रदेशका अध्यक्ष केशवप्रसाद अधिकारीले पछिल्लो समय ब्राम्हण समाज नेपाल सबै जातजाति, धर्म सँस्कृतिसँग सहकार्य गरेर अगाडि बढेको बताए ।

उनले व्राम्हण समाजलाई विगतमा धरानमा उपमहानगरपालिकाले वेवास्ता गरे पनि पछिल्लो समय समाजको नाममा केही बजेट छुट्याएकोमा सकारात्मक भएको बताए ।

यो तालिम धरान उपमहानगपालिकाले छुट्याएको बजेटबाट भएको थियो । ब्राम्हण समाज धरान नगर समितिका अध्यक्ष उद्धव अधिकारीको अध्यक्षतामा भएको तालिममा महिला र पुरुष गरी ७० जनाको सहभागिता रहेको छ ।

ब्राम्हण समाजलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्दै सकारात्मक सन्देश प्रवाहलाई जोड दिदै कर्मकाण्डी तथा ज्योतिष वास्तु विज्ञानका विद्यार्थी उत्पादन गर्ने लक्ष्य सहित तालिमको आयोजना गरिएको ब्राम्हण समाज धरान नगर समितिले जनाएको छ ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved