धनकुटा/ विकास संस्थान (डिडिसि)बाट धनकुटाका दुग्ध उत्पादक किसानले विगत ९ महिना देखि भुक्तानी पाएका छैनन् ।
दुग्ध उत्पादक जिल्ला सहकारी संघ धनकुटाको तथ्यांक अनुसार गतवर्षको मंसिर १ गतेदेखि २०८१ असार मसान्त सम्म मात्रै डिडिसिले धनकुटा र तेह्रथुमका १७ वटा दुग्ध संकलक सहकारी संस्थालाई १३ करोड ९३ लाख २९ हजार १ सय ७५ रुपैया भुक्तानी दिन बाँकी छ ।
यी दुग्ध संकलक सहकारी संस्थाले धनकुटा र तेह्रथुमका करिव ५ हजार किसानले उत्पादन गरेको दुध संकलन गरि डिडिसीलाई विक्री गर्दै आइरहेको छ ।
डिडिसीले वक्यौंता रकम भुक्तानी नगर्दा दुग्ध उत्पादक किसान पेशावाटै विस्थापित हुने अवस्थामा पुगेको दुग्ध उत्पादक जिल्ला सहकारी संघ धनकुटाका सचिव रोमबहादुर बाजिम्पाकले बताए । १७ वटा दुग्ध सकलक सहकारी मध्ये धनकुटाका १५ रय तेह्रथुमका २ सहकारी संस्था छन् ।
डिडिसीबाट भुक्तानी नपाउँदा ती सहकारीहरुले किसानलाई भुक्तानी दिन पाएका छैनन् । पछिल्लो साउन महिनाको समेत संस्थानले सहकारी संस्थालाई भुक्तानी गरेको छैन ।
यो तथ्यांक जोड्दा वक्यौता रकम वढेको सचिव वाजिम्पाकले बताए ।विगत ९ महिनाको अवधिमा भुक्तानीको लागि विभिन्न चरणमा आन्दोलन सँगै सम्झौंता गरेपनि भुक्तानी नपाएको उनी बताउँछन् ।
डिडिसिबाट सगरमागा चिस्यान केन्द्र सिधुँवाले असार मसान्त सम्म २ करोड ३३ लाख १० हजार ६ सय ७७, सल्ले दुग्ध उत्पादक संकलन सहकारी सस्थाले १ करोड ७६ लाख ९ हजार ६८ रुपैया, हात्तिखर्क वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ करोड ६७ लाख ९१ हजार ४ सय ९१ रुपैया भुक्तानी लिन बाँकी छ ।
त्यस्तै चञ्चलादेवी वहुउदेश्यीय सहकारी संस्थाले १ करोड १० लाख २० हजार ५ सय ५६ रुपैया, पाथिभरा दुग्ध उत्पादक सहकारी संस्थाले ६७ लाख ३५ हजार ४ सय २१ रुपैया, श्रीकृष्ण सहकारी संस्था लिमिटेडले ३६ लाख ५ हजार ३ सय ६५ रुपैया, मकालु दुग्ध उत्पादक सहकारी संस्थाले ९३ लाख ५९ हजार ६ सय ३१ रुपैया, दुग्ध उत्पादक सहकारी संस्थाले १६ लाख ५३ हजार २ सय ४२ रुपैया, कामधेनु दुग्ध उत्पादक सहकारी संस्थाले २ लाख ४७ हजार ७ सय ९३ रुपैया, सरस्वति दुग्ध उत्पादक सहकारी संस्थाले ५५ लाख २२ हजार १ सय ५४ रुपैया, कालिकादेवी दुग्ध उत्पादक सहकारी संस्थाले २ लाख ५ हजार २ सय ३ रुपैया, आरती दुग्ध उत्पादक सहकारी संस्थाले १ लाख ९४ हजार ४ सय २१ रुपैया, जलसिद्ध दुग्ध उत्पादक सहकारी संस्थाले ३४ लाख २९ हजार ७ सय ७३ रुपैया, लक्ष्मी दुग्ध उत्पादक सहकारी संस्थाले १३ लाख ६० हजार १५ रुपैया, पौडेलटोल गाई फर्मले ७१ लाख ५३ हजार १ सय ६५ रुपैया भुक्तानी लिन बाँकी छ ।
यसैगरी तेह्रथुमको छथर शुक्रवारे सहकारी संस्थाले १ करोड ४८ लाख ५ हजार ३ सय ८८ रुपैया, तिनजुरे दुग्ध उत्पादक सहकारी संस्थाले १ करोड ६३ लाख २४ हजार ८ सय ४ रुपैया दुग्ध विकास संस्थानबाट भुक्तानी लिन वाँकी छ ।