रोटरीको पदस्थापनमा विद्यार्थीलाई छात्रवृत्ति र चिकित्सकलाई सम्मान

  • भदौ ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  रोटरी क्लब अफ घोपा धरानले आफ्नो २२ औं पदस्थापना दिवसको अवसरमा धरानमा अध्ययनरत ३ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ भने चिकित्सा क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउने दुई जना चिकित्सकलाई ‘लाइफ टाइम अवार्ड’ बाट सम्मानित गरिएको छ ।

रोटरी क्लब अफ घोपा धरानले धरान २ मा रहेको सुकुन्डा ब्यांकेट हलमा आयोजित पदस्थपना कार्यक्रममा बालिका मावि धरान १६ मा अध्ययनरत तीन जना जेहेन्दार छात्राहरु कक्षा ११ मा अध्ययनरत मुना मगर, कक्षा ९ की रितु कार्की डोली र कक्षा १० मा अध्ययनरत सुखी गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो भने चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय भएर सेवा पुर्‍याउदै आएकाु भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय चिकित्सकको रुपमा काम गरिसकेका डा. सिएस अग्रवाल र डा. निलम्बर झालाई ‘लाइफ टाइम अवार्ड’बाट सम्मानित गरिएको हो ।

सो अवसरमा बोल्दै रोटरी क्लब डिष्ट्रिक ३२९१ का पूर्व अध्यक्ष एवम् प्रमुख अथिति बासुदेव गोल्यानले सामाजिक कार्यमा सक्रिय र नेतृत्व क्षमता विकासका लागि रोटरीले खेलेको भूमिकाका बारेमा प्रष्ट पारेका थिए ।

यस्तै कार्यक्रमका विशेष अतिथि कोशी प्रदेशकी सांसद यसोदा कायस्थले रोटरी क्लब अफ घो्पा धरानले शिक्षा, स्वास्थ्य तथा समाजमा विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय भएको बताउदै चिकित्सा क्षेत्रमा जीवन विताएका दुई जना चिकित्सकलाई लाइफ टाइम अवार्डबाट सम्मानित गरेकोमा उहाँहरुलाई बधाई ज्ञापन दिइन् ।

क्लबको भर्खरैमात्र नयाँ कार्यसमिति चयन गरिएको थियो । २२ सदस्यीय कार्य समितिको अ्रध्यक्षमा गौरवमान श्रेष्ठलाई चयन गरेको थियो भने महासचिवमा अतुल श्रेष्ठ, कोषाध्यक्षमा प्रतिक श्रेष्ठ लगायत अन्य सदस्यहरु रहेका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved