धरान/ नेपाल साँस्कृतिक रुपले धनी देश हो । यहाँ विभिन्न जातजातिका आ आफ्नै सँस्कृति हुन्छन् ।
ती मध्ये नेवार समुदायको लाखे नाच एक हो । यो नितान्त नेवार समुदायको साँस्कृतिक पर्व भएकोले यस पर्वलाई विकृतिजन्य बनाउदै मागी खाने भाडो बनाएकोमा नेवार समुदायका अग्रजहरुले सँस्कृति जगेर्नाप्रति चिन्ता व्यक्त गर्न थालेका छन् ।
अहिले उनीहरु यो नाचको संरक्षणमा जुटेका छन् ।
नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन ।
यसरी नाचिने नाचहरूमा प्राय देवीदेवतासँग जोडिएको हुन्छ । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ । तर यो नाचभित्र पनि विकृति भित्रिने क्रम बढिरहेको र कमाउ गर्ने धन्दाको रुपमा यो नाचलाई प्रयोग गरेको प्रति नेवार समुदायका अग्रजहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
धरानका स्थानीय उत्तम शाक्यले धरानमा उनका बाजे दानबहादुर शाक्यले लाखे नाच शुरु गरेको दाबी गर्छन् ।
वि.स. २०१० सालमा धरान झरेपछि २०१४ सालदेखि लाखे नाच बाजे दानबहादुरले शुरु गरेको उनको दाबी छ । देवीसँग प्रसंग जोडिएको यो नाँच पछिल्लो समय हेलचेक्राई ढंगबाट निकाल्ने, कमाइ गर्ने भाँडो बनाउने, लाखे नाँचको वास्तविकता नबुझी हचुवाको भरमा लाखे नाँच निकाल्ने गरिएको प्रति उनले चिन्ता व्यक्त गरे ।
तीन सय वर्षअघिदेखि राक्षसको रूपमा रहेको घण्टाकर्णलाई मारेपछि पुनः राक्षसको अवतार नदोहोरियोस् भन्नका लागि लाखे नाच्ने परम्परा रहेको नेवार समुदायका अग्रजहरुले बताएका छन् ।
लाखे नाचमा दैवी शक्ति भएको एक प्रकारको नाच रहेको नाचमा संलग्न रहेकाहरुले बताएका छन् ।
धरान २ सिंहदेवी चौकमा रहेको सिंहदेवी मन्दिरमा पूजाआजा गरिसकेपछि शुरु हुने लाखे नाच पूजाका समयमा चढाएको चामललाई टेक्ने, लापारबाही गर्ने गरेमा हानी हुने लाखे नाचमा संलग्नहरुले बताएका छन् ।
उनीहरुले साँस्कृतिक पर्व भएकोले सँस्कृतिलाई जगेर्ना गर्दै परम्परागत रुपमा लाखे नाच्ने गरिएको बताउदै लाखे नाच पैसा कमाउनको लागि नभएको उनीहरुको भनाई छ ।
लाखे नाचलाई पुस्तान्तरणको खाँचो भए पनि पछिल्लो समय यो नाँच कमाउने माध्यमका रुपमा प्रयोग गरिएकोमा लाखे नाचको सरक्षणमा जुटेका कैलाश शाक्यले बताए ।
बाबु दानहादुर शाक्यले भोजपुरबाट धरान झरेपछि धरानमा शुरुवात गरेको दाबी गदै अहिले जथाभावि पैसा संकलन गर्ने उद्देश्यले लाखे नाच निकाल्ने परम्पराको अन्त्य गर्न सबै जुट्नु पर्नेमा जोड दिए ।
लाखे नाच कृष्णलाई मार्नका लागि कृष्णका मामा कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने परम्परा रहेको छ ।
नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर लाखे विर्सजन गरिने परम्परा रहँद ।
राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ ।
अहिले यो नाचको वास्तविकता बुझाउदै विकृतिमुक्त लाखे नाच नचाउन युवा पुस्ताहरुलाई समेत यो नाँचको विषयमा सिकाउने काम धरानमा हुदै आएको छ ।