श्रीलंका टप्पुमा बगर खेती प्रवर्द्बन , कृषकलाइ बीउ र मल बितरण "संगम विष्ट"

  • भदौ २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

 वराहक्षेत्र/  नगदेबालीको पकेट क्षेत्रको रुपमा रहेको श्रीलंका टप्पुमा कृषकहरुलाई बगर खेति तर्फ आक्रषण गराउन बराहक्षेत्र नगरपालिकाले कार्यक्रम अगाडि सारेको छ ।

नदि उकास क्षेत्रमा तरकारी खेती गरि जिबिको पार्जन गरि रहेका टप्पुवासिहरुलाई व्यवसायिक रुपमा बगर खेतिमा आक्रषित गराउने कार्य सुरु गरेको हो । वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ कोशीपारी श्रीलंका टप्पुमा स्थानिय कृषकहरुले बिशेषगरि मकै , खौर्सानी, टमटर लगायतका नगदेबालीहरुको खेति गर्ने गर्दछन् ।

यसैलाई व्यवसायीक र आधुनिक रुपमा खेति गर्न कृषकहरुलाई बगर खेती प्रवर्द्बन कार्यक्रम अगाडि ल्याईएको नगरपालिकाका कृषि बिकाश शाखाका प्राबिधिक निरकुमार राईले बताए ।

नगरपालिकाले कृषकहरुलाई व्यवसायिक तरकारी खेति गर्नकालागि स्थानिय गरैया कृषि सहकारी मार्फत रासायिनिक मल , उन्नत जातको बीउ , सिचाईका सामाग्रीहरु बितरण गर्दै आएको उनले बताए ।

नगदेबाली खेतीको पकेट क्षेत्र र खेती योग्य जमिन रहेको श्रीलंका टप्पुमा बगर खेती प्रवर्द्बनकालागि स्थानिय कृषकलाइ बीउ र मलखाद बितरण तथा अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ ।

शुक्रवार टप्पुमा पुगेर नगर प्रमुख रमेश कार्की, उप-प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाक , वडा नं ६ का वडाध्यक्ष उद्बब प्रसाद पोखरेल , कृषि बिकाश शाखाका प्रबिधिक निरकुमार राई लगायतले स्थानिय कृषकहरुसंग बगर खेती प्रवर्द्बन कार्यक्रमकालागि छलफल गरेका थिए ।

bbb

टप्पुमा बगर खेती प्रवर्द्बनकालागि कृषकहरुकालागि बीउ बिजक , मलखाद वितरण समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । जनता बिकासको आधार टोखा नगरपालिकाको प्राबिधिक सहयोगमा कृषकहरुलाई कम्पोष्ट मल , काक्राको बीउ, टमाटरको बीउ र खोर्सानीको बीउ बितरण गरिएको थियो ।

प्राय तरकारी खेति गरेर आम्दानि गरि रहेका कृषकहरुलाई बगर खेति कार्यक्रम फाइदा जनक रहेको स्थानिय गरैया कृषि सहकारीका अध्यक्ष बद्रि राईले बताए ।

वगर खेतिकालागि नगरपालिकाले दिएको बीउ बिजक , मलखादले स्थानियहरुलाइ प्रेरणा जनाउने उनको भनाई रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved