धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबारीको वन समितीका सात सय उपभोक्ताहरुलाई नि:शुल्क विरुवा वितरणलाइ निरन्तरता दिएको छ।
पानबारी सामुदायिक बन उपभोक्ता समुहका सात सयभन्दा बढी उपभोक्तालाई एक उपभोक्ता एक विरुवा अभियान अन्र्तगत नि:शुल्क विरुवा वितरण अभिायान्तरगत वितरण गरिएकाे बन समिती अध्यक्ष भुपाल(कृष्ण) राईले बताए।
उनका अनुसार विगत एक वर्षअघिदेखि उपभोक्ताको घर घरमा विरुवा रोप्ने अभियान सञ्चालन गर्दै आएको छ। यो वर्षाको समय हो, विरुवा रोपेपछि हुर्कन सजिलो हुने भएकाले यतिवेला धेरै विरुवा रोप्ने अभियानमा रहेको अध्यक्ष राईले बताए।
उनले उदाहरणका लागिे,“विगतको वर्षदेखि विरुवा वितरण गर्दै आएका छौ,अहिले मेवा,चिराईतो,कफि,अमला लगायतको विरुवा वितरण गरेका होै।” विरुवा पाँचकन्या सव डिभिजन कार्यालय धरानले उपलब्ध गराएको हो।
वन समितीका सचिव शर्मिला विश्वकर्माका अनुसार वन उपभोक्तालाई वृक्षारोपण गर्नअभिप्रेरित गर्दै सचेतना कार्यक्रम सहित बिरुवा रोप्न वन समितीले नै उपलब्ध गराउँदै आएको बताइन्।
उपभोक्ताको घर घरमा वन पदाधिकारीले विरुवा प्रदान गरेको र हाल सम्म २५ सय भन्दा बढी विभिन्न प्रजातीका विरुवा वितरण भैसकेकाे सचिव विश्वकर्माले बताइन्।
सह सचिव सुरेन मुदेलले उपभोक्तालाई बन हेरालु मात्रै बनाउँने होइन,विरुवा रोप्न प्रेरणा दिदैं सामाजिक कार्य समेत अग्रसर गराउन वन पदाधिकारी लागि परेको वताए।
सरसफाई अभियान,सहयोग,विरुवा रोप्न प्रेरणा, उपभोक्ताको स्वास्थ्यको लागि नि;शुल्क स्वास्थ्य शिविर लगायत विबिध सामाजिक गतिविधि गर्दै आएको मुदेल बताएका छन्।
भिडियाे: