जन्मदिनको अवसरमा असाय,अशक्तलाई खाद्यन सहयोग

  • साउन २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्रका कांग्रेस नेता सन्तोषले असाय, अशक्तलाई खाद्यन सहयोग गरेर जन्मदिन  मनाए । 

वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली कांग्रेसका प्रदेश पार्षद् समेत रहेका युवा नेता सन्तोष श्रेष्ठले अपाङ्ग , अशक्त भएका परिवारलाई खाद्यन सहयोग गरेर आफ्नो जन्म दिन मनाएका छन् ।

मङलवार साउन २९ गते आफ्नो ३६ औँ जन्मदिनको अवसरमा संन्तोषले वराहक्षेत्र(१ बगुवाका अशक्त तथा अपाङ्ग ढकबहादुर खड्का र पुर्णबहादुर खड्कालाई खाद्यनका सामाग्री एक-एक बोरा चामल, नुन , तेल , मसला, आलु , सरसफाइका सामाग्री सावुन , सेम्फु र नगद समेत प्रदान गरेका थिए ।

त्यस्तै वडा नं १ खारखोलाका क्यान्सर रोग पिढित पंचहाङ्ग राईलाई खाद्यनका सामाग्री एक(एक बोरा चामल, नुन , तेल , मसला, आलु , सरसफाइका सामाग्री सावुन , सेम्फु र नगद समेत प्रदान गरेका थिए ।

जन्मदिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाएको श्रेष्ठले बताए । शशक्त, असाय भएका परिवारलाई आफ्नो जन्म दिनको अवशरमा सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उनी बताउछन् ।

संन्तोषले विगतका जन्मदिनको अवसरमा बाटोको किनारामा वृक्षारोपण, साधुहरूलाई भोजन गराउने, चोकमा सुरक्षित यात्राकालागि बोर्ड, सिसी क्यामरा लगाएर जडान , मठ, मन्दिर रङगोगन , सडक मर्मत गरेका थिए ।

जन्मदिनको अवसरमा उदाहरणीय कार्य गर्दै आएका श्रेष्ठ नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ का सदस्य प्रदेश पार्षद्सँगै वराहक्षेत्र खेलकुद विकास समितिका सदस्य, खारखोला फुटबल क्लबका अध्यक्ष समेत हुन् ।

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved