स्थानीयकै सक्रियताका बन्यो प्रवेश द्वार

  • साउन २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ टोलबाट रकम जुटाएर विकास गर्न सकिन्छ र आफ्नो टोललाई आकर्षक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् धरान ३ का सर्वसाधारण ।

बाहिरबाट आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाउन तथा आफ्नो टोललाई चिनाउन टोलबासीहरुले रकम जुटाएरै प्रवेशद्वार निर्माण गरेका हुन् ।

धरान ३ र १५को सीमानामा पर्ने भानु स्मृति तथा मित्रपथ उत्तर–दक्षिणमा २ प्रवेशद्वार निर्माण सम्पन्न भएको छ ।

अत्यन्तै आकर्षक ढंगबाट निर्माण गरिएको सो प्रवेशद्वारको एकपट्टीको मात्र करिब ५ लाख ९६ हजार रुपैयाँमा सम्पन्न भएको हो ।

त्यहाँका उपभोक्ता समितिहरु सक्रिय रुपमा खटिएर स्थानीय तथा विदेशमा रहेका स्थानीय बासिन्दाहरुसँग संकलन गरेर प्रवेशद्वार निर्माण गरिएको भानुस्मृति टोल विकास समितिका अध्यक्ष सन्तबीर लिम्बुले बताए ।

सरकारलाई झक्काउदा पनि यसका लागि बजेट विनियोजन नभएपछि सक्रिय वडाबासीहरु र विदेशमा रहेका वडाबासीबाट रकम संकलन गरेर प्रवेशद्वार निर्माण गरिएको उनको भनाई छ । 

उनँले आर्थिक संकटको समयमा पनि टोलको विकासका लागि गरेको आर्थिक सहयोगप्रति सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए ।

टोलमा दुवैपटि प्रवेशद्वार बनेका कारण टोलको सौन्दर्यता बढेको छ । सदनरोडबाट उत्तरतर्फबाट प्रवेश पछि भानुमार्ग हुदै शान्तिपथ निस्किन सकिन्छ भने शान्तिपथबाट दक्षिणतर्फ प्रवेश गर्दा सदन रोड निस्कन सकिन्छ ।

भानु मार्गमा रहेको सामुदायिक विद्यालय पुरानो विद्यालय भए पनि यो विद्यालयको प्रचारप्रसार नभइरहेको बेला दुवै ठाउँमा निर्माण गरिएको प्रवेशद्वारले धरानकै पुरानो विद्यालयलाई समेत चिनाउन मद्धत पुग्ने स्थानीयबासीहरु बताउँछन् ।

त्यस्तै उत्तरतर्फको गेट भने दानबहादुर राईले आफ्नो पितृको सम्झनामा बनाइ दिएका हुन् ।

भानु स्मृति विद्यालयमा परीक्षा हुदा धेरै विद्यार्थीहरु भानु स्मृति मावि नदेखेर भौतारिरहेको अवस्था देखेपछि सबैले देख्ने सुन्ने गरी चिनोको रुपमा रहोस् भन्ने उद्देश्यले प्रवेशद्वार निर्माण गरेको राई बताउँछन् । यसले भानु मार्गकोमात्र हैन पुरानो ओझेलमा परेको पुरानो सामुदायिक विद्यालयको पहिचानमा समेत सहज बनाउने बताए ।

उनँका अनुसार यो प्रवेशद्वार ५ लाख ४१ ह्जारमा निर्माण सम्पन्न भएको हो ।

एकल प्रयास र टोलबासीको संयुक्त प्रयासमा निर्माण गरिएको दुवै प्रवेशद्वारको उद्घाटन धरानउपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले गरेका थिए । आट र हिम्मता साथ दानबहादुर राईले आफ्नो पितृको नाममा एकातर्फ निर्माण शुरु गरेपछि अर्कोतर्फको प्रवेशद्वार भने स्थानीय टोलबासीहरुको सक्रियतामा निर्माण भएको थियो ।

स्थानीयबासीको सक्रियतामा बनेको दुवैतर्फको प्रवेशद्वारले टोलको चिनारीसँगै सौन्दर्यतामा बृद्धि गरेको वडाध्यक्ष विद्या शाक्यले बताए ।

नेकपा एमालेले सरकारमा हुदा आफ्नो गाउँ आफै बनाऔ अभियान शुरु गरेको थियो । तर त्यो अभियानलाई निरन्तता दिन भने कसैले निरन्तता दिन सकेको छैन ।

विगतदेखि धरानेहरु धरानको विकासका लागि आफै लगानी गर्ने, खट्ने सक्रिय हुने गदैै आइरहेका छन् ।

सानो होस् या ठूलो एक जुट भएर गर्न सके सफल हुने रहेछ भन्ने उदाहरण धरान ३ भानु मार्गका बासिन्दाले प्रवेशद्वार निर्माण गरेर उदाहरण पेश गरेका छन् ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved