इटहरीमा “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामुल्यक कार्यक्रम सम्पन्न "चन्दन रौनियार"

  • साउन २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ ५४औ नेपाल लायन्स स्थापना दिवसको अवसर पारेर लायन्स क्लब अफ इटहरी मनकामना लियो क्लब अफ इटहरी मनकामना र इप्रका इटहरी कार्यालय संयुक्त साझेदारी रूपमा इटहरी ४ स्थित रहेको मनकामना मन्दिर परिसरमा एक दिने “दुर्व्यसन विरुद्ध आमाहरु” जनचेतनामूलक भारती श्रेष्ठकि अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरीसमापन गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी को नयाँ भ्वाइस मार्केटिङ संयोजक तथा लायन्स क्लब अफ इटहरी मनकामना पुर्व अध्यक्ष सुमि थापाले पानसमा दिप प्रज्वलन गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको ब्यानर पढेर औपचारिकरुपमा र शुभारम्भ गर्नु भएककि थिईन।

शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रमुख अतिथि थापाले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई वालबालिकाहरुसंग आमाहरुले वढी समय दिनुका साथै उनिहरुको वानी व्यहोराको समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोरा छोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानी व्यहोरामा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमा हरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको तथा यो कार्यक्रमले लागू औषध दुर्व्यसनीबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने वताउनु भयो ।

कार्यक्रमका अध्यक्ष लायन्स भारती श्रेष्ठले नेपाल प्रहरीले युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन जनचेतनामूलक भिडियो प्रदर्शनी गरेको “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रममा लायन्स र स्थानिय तहको सदैव साथ र सहयोग रहने बताउनु भयो ।

उक्त कार्यक्रममा इप्रका इटहरी प्रहरी कार्यालयका नायव उपरीक्षक डिएसपी टेक बहादुर कार्कले स्वागत मन्तव्यमा भने स्थानिय स्कुल कलेजका विधार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका वासिन्दा, लागू औषध सेवन कर्ता, अन्तराष्ट्रिय सिमानासँग जोडिएका बस्तीका वासिन्दाहरु, लागुऔषध प्रभावित स्थानिय तह हरूमा नेपाल प्रहरीले स्थानिय निकायका बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी निरन्तररुपमा संचालन गर्ने लागुऔषध दुर्वसनी विरुद्धको सचेतना सम्वन्धि प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ सी रिजन ९ का रिजन चेयर पर्सन पिताम्वर पोखरेल,
इटहरी ४ बेलगाछी टोल विकासका सचिव योगेन्द्रप्रसाद ढकाल, बेलगाछी महिला समुहकि उपाध्यक्ष दिलमाया गडतौला(दीपा), हरियाली टोल संस्थाका अध्यक्ष बिक्रम श्री , मनकामना टोल संस्थाका अध्यक्ष बिर वहादुर श्रेष्ठ , श्रमिक टोल संस्थाका अध्यक्ष चपमान भण्डारी ,

सगरमाथा टोल संस्थाका अध्यक्ष शिव कार्की ,सृजना टोल संस्थाका अध्यक्ष बुद्ध लिम्बू ,बुढिगंगा टोल संस्थाका अध्यक्ष रमेश खत्रि मनकामना हाइट टोल संस्थाका योगेन्द्र भट्टराई , स्थानिय समाजसेवी ,बुद्धिजीवी , महिला प्रतिनिधिहरु संचारकर्मी, विभिन्न संघ संस्थामा आवद्ध आमा समुह, लागु औषध दुर्व्यसनी विरूद्ध सुधार गृहका प्रतिनिधि, स्थानिय बुद्धिजिवि, व्यवसायी तथा स्थाननियवासीहरुको सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन लायन्स क्लब इटहरी मनकामनाकि सचिव विजया प्याकुरेल गरेकि थिईन ।

iii i

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved