गहना चोरी गरि फरार रहेको मानिस गहना सहित पक्राउ "संगम बिस्ट"

  • साउन २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/चाँदिका गहना चोरी गरि फरार रहेका प्रविण राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले प्रकाउ गरेको छ ।

ललितपुरबाट चोरी गरि फरार रहेका २६ बर्षिय राईलाई प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ गौरीटोल स्थित आफ्नै घरबाट बिहिबार बेलुका प्रकाउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रमुख प्रहरी निरिक्षक बिकाश राईका अनुसार प्रविण राई ललितपुर जिल्लाको ललितपुर उपमहानगरपालिका मङ्गलबजार स्थित रहेको लक्ष्मण संकरको चाँदीको पसलबाट एक महिना अगाडि चाँदी र चाँदीले बनेको भाडा-कुडा चोरी गरी फरार रहेका थिए ।

प्रविण राईले आफुले काम गर्दै आएको पसलबाट चाँदी र चाँदीले बनेको भाडा-कुडा चोरी गरी फरार रहेको खवर इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा प्राप्त हुनसाथ बिशेष सुचनाको आधारमा प्रकाउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

चोरी गरि फरार रहेका प्रविण राई वराहक्षेत्र नगरपालिका वडा नं १ गौरी टोल आफ्नै घरमा लुकि बस्दै आएका थिए । प्रबिण सहित 

घर भित्र लुकाई छिपाई राखेको ४ केजि १ सय ८७.२६ ग्राम चाँदी र चाँदीले बनेको भाडा-कुडा सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

प्रकाउ परेका राई र बरामदित चाँदिलाई शुक्रवार सार्वजनिक गरिएको छ ।

राईलाई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved