इटहरीको उपमहानगरको राजस्व कम संकलन

  • साउन २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी उमहानगरपालिकाले ३४ करोड कम राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा अनुमान गरेभन्दा ३४ करोड कम राजस्व संकलन भएको हो ।इटहरी उपमहानगरका राजस्व शाखा प्रमुख सन्तोष ढकालका अनुसार अनुमान गरेभन्दा आधामात्रै राजस्व संकलन भएको हो ।

यद्यपि, गत वर्षभन्दा भने बढी राजस्व संकलन भएको उनको दाबी छ ।उपमहानगरले आर्थिक वर्ष २०८०।८१ को नीति कार्यक्रम तथा बजेट पुस्तिकामा आन्तरिक स्रोतमार्फत ६८ करोड १४ लाख रुपैयाँ संकलन हुने अनुमान गरेको थियो ।

तर, ३४ करोड ८३ लाख मात्रै संकलन भएको ढकालले बताए । यसी हेर्दा लक्ष्यभन्दा ५० प्रतिशत कम राजस्व संकलन भएको देखिन्छ ।

स्रोतको पहिचान नै नगरी राजस्व संकलन गर्ने लक्ष्य लिएको उपमहानगर यथार्थमा भने चुकेको छ ।‘हामीले अनुमान गरेका सबै क्षेत्रहरू करको दायराभित्र आएनन्,’ शाखा प्रमुख ढकालले भने, ‘बजेट बनाउँदा तोकिएको कर पछि घटाइयो ।

जसकारण पनि अनुमानभन्दा कम राजस्व संकलन भएको हो ।’ उनले अघिल्लो वर्षभन्दा यस वर्ष बढी राजस्व संकलन भएको दाबी गरे ।
उपमहानगरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९।८० मा भने ३० करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यो बजेटभन्दा गत आर्थिक वर्षको राजस्व बढेको भए पनि अनुमान गरेभन्दा आधामात्र कम बजेट संकलन हुनुमा विभिन्न कारणहरू रहेको ढकालको तर्क छ ।

‘यस वर्ष निश्चित करदाता मात्रै सम्पर्कमा आउनु र विभिन्न मानिसहरूलाई करको दायरामा ल्याउन नसकिएका कारण पनि तोकिएअनुरूप राजस्व संकलन गर्न सकिएन,’ उनले भने, ‘राजस्व धेरै अनुमान गर्नु पनि धेरै राजस्व उठ्ने अर्को कारण भएकाले अनुमान गर्दा नै धेरै गरिएको हो ।

’उनले राजस्व अनुमान धेरै गर्दा संकलन धेरै हुने भएको बताउँदै सोहीअनुसार धेरै राजस्व उठ्ने अनुमान लिइएको बताए ।

आन्तरिक स्रोतको रूपमा अनुमान गरेका सबै करका दायरामा नआउनु, बजेट निर्माण ताका तोकिएको कर कार्यपालिकाको निर्णयमार्फत घट्नुजस्ता कारण रहेको उनको भनाइ छ ।

यसैगरी चालू आर्थिक वर्ष (२०८१/८२) को राजस्व संकलन कति भन्नेबारे बजेट पुस्तिका बनिनसकेका कारण तत्काल भन्न नसकिने उनले बताए । भने, ‘यस वर्षको राजस्व संकलन अब रातो किताब बनिसकेपछि आउँछ । तत्काल भन्न सकिन्न ।’

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved