नेपालको पूर्वीनाकामा उच्च सर्तकता

  • साउन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ बंगलादेशमा आन्दोलन चर्किएर सत्ता नै उलटपुलट भएपछि नेपालको पूर्वी नाकामा सुरक्षा सतर्कता बढाइएको छ ।

बंगलादेशबाट नेपाल प्रवेश गर्ने सबैभन्दा नजिकको नाका काँकटभिट्टासँगै भद्रपुर, गौरीगञ्जलगायत नाकामा सुरक्षा सतर्कता बढाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

भारतीयको भेषमा बंगलादेशीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निगरानी बढाइएको हो ।

बंगलादेशको फूलबारी नाका हुँदै विस्थापितहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि सुरक्षा सतर्कता उच्च पारिएको गृह मन्त्रालयले जनाएको छ ।

बोर्डर आउट पोस्टहरूमा समेत थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर सुरक्षाकर्मी परिचालन गरिएको हो ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved