नेपालको पूर्वीनाकामा उच्च सर्तकता

  • साउन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ बंगलादेशमा आन्दोलन चर्किएर सत्ता नै उलटपुलट भएपछि नेपालको पूर्वी नाकामा सुरक्षा सतर्कता बढाइएको छ ।

बंगलादेशबाट नेपाल प्रवेश गर्ने सबैभन्दा नजिकको नाका काँकटभिट्टासँगै भद्रपुर, गौरीगञ्जलगायत नाकामा सुरक्षा सतर्कता बढाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

भारतीयको भेषमा बंगलादेशीहरु नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निगरानी बढाइएको हो ।

बंगलादेशको फूलबारी नाका हुँदै विस्थापितहरु नेपाल प्रवेश गर्ने सम्भावना बढेपछि सुरक्षा सतर्कता उच्च पारिएको गृह मन्त्रालयले जनाएको छ ।

बोर्डर आउट पोस्टहरूमा समेत थप जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर सुरक्षाकर्मी परिचालन गरिएको हो ।

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved