धरानका मेयरद्धारा आन्दोलनरत दललाई काउण्टर

  • साउन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धराने जनताको ढाड सेक्ने गरि धरानमा खानेपानीको महशुल बृद्धि गरिएको भनेर धरानमा महसुल फिर्ताको आन्दोलन १० वटा राजनीतिक दलहरुले चकाईरहेको बेला धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले दलहरुको आन्दोलनलाई काउण्टर दिएका छन् ।

 उच्च अदालत विराटनगर धरानको खानेपानी बोर्ड र अन्य काउन्टमा लगाइएको ताला तत्काल खोल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि राजनीतिक पार्टीले खानेपानी व्यवस्थापन बोर्ड र काउण्टरमा लगाएको ताला खोलिने भएको छ ।

उक्त आदेशले ताला खोल्नका लागि खानेपानी बोर्डलाई बाटो खुल्ला गरि दिएको छ ।

अदालतले भनेको छ ,‘ २०८१ साउन २८ गतेसम्म धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालयमा तालाबन्दी नगनू, नगराउनू, कार्यालयमा लगाएको ताला तत्काल खोली खानेपानीको तियमिन सेवा सञ्चालन गर्न दिनू, खानेपानीको व्यवस्थापन,

वितरण एवं सञ्चालनमा कुनै ऋवरोध नगर्नु, नगराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

मंगलबार विहानै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि दलहरूलाई सुनसरी उद्योग वाणिज्य संघ धरानको कार्यालयमा छलफलमा बोलाएर तत्काल ताला खोल्न आग्रह गरेका थिए । तर दलहरुले मानेनन् । 

परमादेश .

1722948326244

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved