इटहरी/ सुनसरीको इटहरीमा अव नगरवस सञ्चालनमा आउने भएको छ ।
यो असोज महिनाको १ गतेदेखि उक्त नगरवस सञ्चालन गर्ने तयारी स्वरुप चार वटा वस खरिद गरेको छ । वस विद्युतीय बस हो ।
उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता गरे अनुरुप चार वटा बस इटहरी। आईपुगेको छ ।
अपाङ्ग मैत्री रहेको उक्त बस गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको बताए ।
उनका अनुसार उक्त विद्युतीय बस यही असोज १ गतेबाट सञ्चालन हुने भएको छ ।
उनले भने,‘इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ, नगर बस ग्राभेल र पिच बाटोहरूमा बस सञ्चालन हुने छ ।’
नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । समितिले रुट निर्धारण गर्ने छ ।
बसमा सिसी क्यामेरा सहित यात्रुलाई यात्रा गर्न सविधाजनक हुने बताइएको छ ।