धरान/ धरानको बिजयपुरस्थित पिण्डेस्वर मन्दिरमा बोलबमको रौनक छाएको छ ! रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर मन्दिरमा छिमेकी मुलुक भारतसंगै नेपालको बिभिन्न जिल्लाहरुबाट भक्तजनहरु सहभागि भएसंगै बोलबमको रौनक छाएको हो ! बिजयपुर बोलबममय भएको छ ।
विभिन्न महमारीको कारण अघिल्ला वर्षमा श्रद्धालुहरुको उपस्थितीमा कमी आए पनि यो बर्ष भक्तजनहरुको चाप बोलबममा बढेकोले व्यवस्थापनमा पनि ध्यान दिइएको छ ।
सुरक्षासगै लाइन व्यवस्थापनको लागी नेपाल प्रहरीको नेतृत्वमा शसस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाका स्वयमसेवकहरु समेत खटाईको छ । श्रद्धालुहरुको निःशुल्क स्वास्थ्य शिविर, माडावारी सेवा समिति , मधेसी सेवा समिति निःशुल्क खाना खाजा तथा पानिको व्यवस्थापन गरेका छन् ।
खाली खुट्टा हिडेर आउँदा धेरै विरामीहरु एचारमा आउने लाइन्स क्लब अफ दन्तकालीबाट खटिएका स्वास्थ्य स्वयम्कर्मी एकता श्रेष्ठले बताइन् ।
भगवान शिवको प्रिय महिना साउन तेस्रो सोमबार धरानको बिजयपुरस्थित पिण्डेस्वर मन्दिरमा बोलबम धार्मिक मेलामा भक्तजनहरुको घुइँचो लागेको छ ! पिण्डेश्वर वावा धाममा साउन महिनाका हरेक सोमबार श्रद्धालुहरुको भिड लाग्ने गरेको छ ।
आजमात्र ६० हजार भन्दा बढी भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए ।
साउन महिनाभरी वोलबम धार्मिक मेलामा चतरास्थित सप्तकोशी नदिको जल गेरु वस्त्र लगाएर पिण्डेश्रमा ल्याएर चढाउने परंम्परा छ । सप्तकोशी नदिको जल चढाउन आएका भक्तजनहरु जल चढाउँदा मनोकांक्षा पूरा हुने विश्वासमा देखिन्थे
धरानको पिण्डेश्वरमा २०३९ सालदेखि कोशीको पानी ल्याएर जल चढाउने परम्परा धरानकै समाजसेवीहरुले गरेका थिए ।
धार्मिक आस्थासगै कोशी प्रदेशकै धार्मिक पर्यटकी स्थल पनि हो रुद्राक्षरण्य क्षेत्र तर देश विदेशमा श्रद्धालुहरुको आकर्षण वढ्दै गएको भए पनि यो क्षेत्र राज्य पक्षवाट उपेक्षित हुदै आएको छ ।