कोशीमा मन्त्री छान्न काँग्रेसको काठमाण्डौमा बैठक

  • साउन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

काठमाडौँ/  सत्ता साझेदार नेपाली कांग्रेसको आन्तरिक ‘किचलो’ का कारण कोशी प्रदेशमा सरकार विस्तार अड्किएपछि पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएका छन् ।

कोशीमा देखिएको सरकार विस्तारको ‘सकस’ फुकाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा आज (सोमबार) विहानैदेखि जारी छ ।कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आएका छन् ।

कोशीमा कांग्रेस एमालेबिच भएको सहमतिअनुसार कांग्रेसले चार वटा मन्त्रालय पाउने भएको छ । तर कांग्रेसभित्र डा. शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन सकेको छैन ।

चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ ।

यसमा शेखर कोइराला समुहले आफ्नो समूहबाट मन्त्री बन्ने आकांक्षी धेरै भएको भन्दै न्यूनतम २ जना मन्त्री बनाउनु पर्ने बताउँदै आएको छ ।

कोशीमा एमाले र कांग्रेसबीच मन्त्रालय भागवण्डा लगभग मिलिसके पनि कांग्रेसभित्रको विवादका कारण कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की सत्ता साझेदार दल कांग्रेसको निर्णय कुरेर बसिरहेका छन् ।

चार मन्त्रालयमध्ये कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, शेखर कोइराला समूहबाट एक जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी छ ।

कोइराला समूहबाट मन्त्री बन्ने दौडमा रामकुमार खत्री, मानबहादुर लिम्बू, गोविन्द गिरी र इन्दिरा थापाले जोडबल गरिरहेको स्रोत बताउँछ ।

काेशी बाहेक साउन २३ गते बस्ने केन्द्रीय समिति बैठकको तयारीका विषयमा समेत पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा छलफल हुनेछ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved