एक करोड १७ लाख रुपैयाँ अपचलन गरी प्रभु बैङ्कका मेनेजर फरार

  • साउन १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/  ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी बैङ्क मेनेजर फरार भएका छन्।

झापा बिर्तामोडको प्रभु बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम खाताबाटै गायब बनाएपछि मेनेजर फरार भएको पीडितले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।

बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालले आफ्नो श्रीमती मञ्जु नेपालका नाममा रहेको प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको भन्दै बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बताए।

बिर्तामोड निवासी नेपालले श्रीमती मञ्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख रुपैयाँ जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो खातामा २ लाख मात्र बाँकी मौज्दात देखिएको उनको भनाइ छ।

 बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो दुई वटै मोबाइल अफ गरेर सम्पर्क विहीन बनेका छन्।

मेनेजरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ।

त्यसबारे बैङ्कका प्रबन्धक गणेशबहादुर बरालले नेपालले व्यक्तिगत उजुरी हालेको बताउँदै बैङ्कले पनि केन्द्रबाटै छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया सुरु गर्ने बताएका छन्।

 श्राेत : प्रदेश खबर

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved