स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने तालिमको उद्घाटन "चन्दन रौनियार "

  • साउन १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt _चन्दन रौनियार 

इटहरी  /लायन्स क्लब अफ मनकामना र लियो क्लब अफ मनकामना इटहरीको संयुक्त आयोजनामा भएको तालिमलाई   इटहरी वडा न.४ कार्यालय हलेसी महादेव मिडिया प्रा.ली ईटहरीको  सम्योजनमा सुनसरीको ईटहरी उपमहानगरपालिका वडा न.४का मा महिलाहरुको लागि कृष्टल माला पोते तालिम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने ५ दिने तालिमको उद्घाटन गरेको छ  

साउन १० गते देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रेनुका गुरागाई  रहेका छन् ।

५० जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक गुरागाईले जानकारी दिइन् ।

इटहरी वडा न.४का  ५०जना महिलाहरुको समुहलाई उक्त तालिम प्रदान गर्दै  लक्षित बर्गका महिलाहरुलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उदेश्यले तालिमको आयोजना गरिएको लायन्स क्लब अफ इटहरी मनकामना  इटहरीकी अध्यक्ष भारती श्रेष्ठले बताइन ।

1721903406858

तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ सी रिजन ९ का रिजन चेयर पर्सन पिताम्वर पोखरेलले सहभागी हरुलाई शुभकामना दिंदै बेरोजगार महिलाहरुलाई रोजगार दिनका लायन्स क्लब अफ इटहरी र लियो क्लब अफ इटहरी मनकामनाको सहयोगमा संचालन भएको कार्यक्रममा तालिम बाट आर्थिक रुपमा आत्मनिर्भर बन्न र समाज रुपान्तरण गर्न महिलाहरुको समुदायमा अहम भुमिका रहने हुदाँ महिला लक्षित सिप मुलक तालिम साथै ब्यावसाय संचालन गर्ने उदेश्यले तालिम संचालन गरेकोमा क्लबलाई धन्यवाद समेत दिएका थिए ।

ब्यावसाय संचालन गर्ने भए  आगामी दिनहरुमा सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरेका थिए ।

अतिथि लायन्स कमला कार्की थापा ,लायन्स सुमि थापा,रेनुका गुरागाई ,भिम प्रसाद पाण्डे,  लियो क्लब अफ इटहरी मनकामनाकि अध्यक्ष प्रतिभा अधिकारी ,

लियो जिल्ला प्ररिषद ३२५ सि जि .एस  .टी कोडिनेटर चाँदनी दाहाल ,इटहरी वडा न.४ महिला सदस्य दिल बराइली स्थानीय संचारकर्मी  लगायतका  उपस्थिति रहेको थियो  ।

कार्यक्रम संचालन संस्थाकी सचिव बिजया प्याकुरेलले गरेका थिए।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved