पत्रकार पीबी दियालीलाई धरानबाट आर्थिक सहयोगप्रदान

  • साउन १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पत्रकार पीबी दियालीको बचाउ अभियानको लागि धरानमा पनि आर्थिक सहयोग संकलन गरिएको छ।

जेठ २२ गते मंगलबार वीर अस्पताल काठमाडौँमा मिर्गौला प्रत्यारोपण गरेपनि स्वास्थ्यमा थप जटिल भएकाले थप उपचारको लागि धरनमा पनि आर्थिक संकलन गरिएको हो।

धरानमा नेपाल सुनचाँदी कला व्यवसायीका केन्द्रिय सचिव प्रेम लकान्द्री, नेपाली काँग्रेस क्षेत्र नम्बर १(१) तर्फका केन्द्रीय  सचिव युवराज शंकर र छत्र दर्नालको नेतृत्वमा संकलन गरिएको जम्मा २२ हजार १ सय ३५ रुपैयाँ दियालीकी भान्जी लिला घिमिरेलाई हस्तान्तरण गरिएको ५।

अस्पतालमा दैनिक औषधी उपचार १५ हजार भन्दा बढी खर्च हुने गरेको भान्जी घिमिरेले बताइन् ।

उनले भनिन्, ‘मामालाई अहिले सम्म  जति सहयोग गर्ने सवैमा धन्यवाद छ, फेरी पनि सानो सहयोगले मेरो मामाको जीवन बचाउन ठुलो सहयोग पुग्ने छ सहयोगगरी दिनु हुन अपिल गर्दछु ।’

परिवारजनले पत्रकार दियालीको जीवन रक्षाको लागि पत्रकार दियालीको माछा पुच्छ्रे बैङ्कको  खाता नम्बर ०१५००९६८१८९०००१ १ मा सहयोग गर्नसक्नु हुने छ ।भने मोबाइल नम्बर ९८४२०७९०१९ अथवा ९८४२४०३८५६ मा कल गरेर पनि सम्पर्कगर्नसकिने छ।

हाल बीर अस्पतालमा उपचाररत उनको मिर्गौला प्रत्यारोपण गरेपछि अप्रेसनगरेको ठाउँमा इन्फेक्सन भएकाले अस्पतालमा नै ब सेर उपचार भइरहेको छ।

उनलाई आफ्नै साइला दाजु तिलक दियालीले मिर्गौला दिएका थिए।

हाल सम्म पत्रकार दियालीको औषधी उपचारमा ५० लाख भन्दा बढी खर्च भइसकेको परिवारले बताएका छन्।

 

 

 

 

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved