धरान/ नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरानअभियानलिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२औं वी.पी. स्मृतिदिवसको अवसर पारेर सञ्चालन गरेको अभियान मार्फत घरदैलो गरेकोहो ।
धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमाकागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु वितरण गरिएको छ ।
अभियानको क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवनजल समेत वितरण गरिएको छ ।
नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै अभियान अत्यन्तै उत्कृष्ट र जनमुखि भएको बताएका छन् । उनले यस्ता अभियानले जनताको मन जित्ने हुंदा अभियानको पूर्ण सफलताको कामना गर्दै आयोजक क्षेत्रीय समितिको उच्चप्रशसा समेत गरेका छन् ।
अभियानका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गतवर्ष पनिगरिएको यो अभियान जनप्रिय र प्रभावकारी भएकाले गतवर्ष पुग्ननसकिएका धरानका टोल वस्तीहरुका लागिपुनःअभियान सञ्चालन गरिएको बताए ।
यस अभियान मार्फत जनताको घरघरमा पुगिने हुंदा जनतासंग साक्षात्कार भई पार्टी र जनता वीचको सम्बन्ध सुदृढ हुनका साथै हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि समेत हुने हुंदा आम जनतामा र स्थानीय वातावरण तथा पर्यावरणमा सकरात्मक प्रभाव पर्ने सभापति तामाङले बताए ।
क्षेत्रीय सभापति तामाङका अनुसार धरानका १, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं. वडाहरुमा अभियान सञ्चालन गरिने भएको छ ।
घरमै आएर जीवनपयोगी विरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाई समेत गरेको भन्दै वडावासीहरुले अभियान रचनात्मक र प्रशंसा गर्न लायक भएको बताउंदै अभियानलाई रुचाउनुका साथै नेपाली कांग्रेसलाई धन्यवाद प्रकट गरेका छन् ।
नेपालीकांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धराननगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपालमहिला संघ, नेपालविद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ग्रीन एण्ड क्लीन धरान अभियान गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताएका छन् ।
अभियानमाडेङ्गु विरामीलाई औषधि वितरण गरिनुका साथै न्यूनतम् एक घर एक विरुवावितरण गरेर ग्रीन धरानबनाउनेर सडक सरसफाई, डेङ्गुको लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतनापर्चा वितरण गरेर क्लीन धरान बनाउने कार्य भईरहेको उनले बताए ।
अभियानभदौ १ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
अभियानमा नेपालीकांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।