इटहरीका पत्रकार दियालीको स्वास्थ्यमा समस्या, आर्थिक अभाब,जीवनरक्षाको अपील "उपचार गर्न आर्थिक अभाब,जीवनरक्षाको अपील "

  • साउन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ इटहरीका बरिष्ठ पत्रकार पीबी दियाली को स्वास्थ्य अवस्था दिनानु दिन जटिल बन्दै गएको छ । 

२२ गते मंगलबार वीर अस्पताल काठमाण्डौमा प्रत्यारोपण गरिपनि स्वास्थ्यमा थप जटिलता बन्दै गएको वताइएको छ । 

हाल बीर अस्पतालमा उपचाररत रहेका छन् ।

उनको मृगौला प्रत्यारोपण गरेपछि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएकाले अस्पतालमा नै बसेर उपचार गराइँदैछ । 

जेठ २२ गते उनलाई आफ्नै साइला दाजु तिलक दियालीले मृगौला दिएका थिए । हाल सम्म पत्रकार दियालीको औषधी उपचारमा ५० लाख भन्दा बढी खर्च भईसकेको परिवारले बताएका छन्।

मृगौला प्रत्यारोपण सफल भएपछि अस्तालबाट उनी ९ दिन पछि डिस्चार्ज भएका थिए ।

तर फेरी असार ३ गते अप्रेशनमा इन्फेक्सन भएपछि हाल सम्म वीर अस्पतालमा नै उपचाररत छन् । लामो समय सम्म मृगौलामा समस्या आएपछि उपचारको लागि भारत र नेपाल गरि स्वास्थ्य उपचार गराउने क्रममा इटहरीमा रहेको घर जग्गा समेत बेचेका छन् ।

एक श्रीमती र एक छोरा मात्रै रहेका दियाली काठमाण्डौमा परिवार सहित कोठा भाडामा लिएर उपचार गराईरहेका छन् ।

घर जग्गा समेत बिक्री गरेर औषधी उपचार गराउँदा समेत नपुगेपछि थप उपचारको लागि आर्थिक सहयोगद्धारा उपचार गराउँदै आएका छन् । अहिले उनीसँग जायजेथा समेत केही छैन् ।

अस्पतालमा दैनिक औषधी उपचार १५ हजार भन्दा बढी खर्च हुने गरेको छ ।

पत्रकार दियालीको भान्जी लिला घिमिरेका अनुसार मृगौला प्रत्यारोपण त सफल भयो तर मामाको अप्रेसन गरेको ठाउँमा फेरी इन्फेक्सन भएपछि वीर अस्पतालमा नै राखेर उपचार गराउँदैछौ,दैनिक १५ हजारभन्दा बढी औषधी उपचारको खर्च लाग्ने गरेको बताइन् ।

उनले भनिन्,“इटहरीमा रहेको घर जग्गा समेत सकियो ,त्यसले पनि नपुगेर शुभचिन्तक र आफन्तहरुको सहयोगले उपचार हुँदैछ तर अव भने थप उपचार गर्नको लागि झनै आर्थिक कठिनाई हुने भयो,पत्रकारिताको माध्यमद्धारा नै दुखी गरिब,

असहाय र शोषित पीडित अनि अन्याय विरुद्ध सधै जीवन सर्मपण गर्नु भएका मामालाई अहिले सम्म जे जति सहयोग गर्ने सवैमा धन्यबाद सहित फेरी पनि तपाईहरुको सानो सहयोगले मेरो मामाको जीवन बचाउन ठुलो सहयोग पुग्ने छ ,सहयोग गरि दिनु हुन अपील गर्दछु ।”

खोटाङमा जन्मिएका दियाली सुनसरीमा आएर तीन दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार हुन् हाल उनी गणराज्य साप्ताहिक सम्पादक तथा प्रकाशक भएर पत्रकारिता क्षेत्रमा नै सक्रिय छन् ।

पुर्बबाट प्रकाशित मोफसलकै प्रख्यात पत्रिका ब्लाष्ट टाइम्स दैनिकमा सह सम्पादक हुँदै पुर्वका विभिन्न पत्र पत्रिकामा रहेर काम गरेका छन् ।

जनयुद्ध ताका माओबादीको आरोप लागेर तत्कालिन शाही सेनाद्धारा दमन र यातना खेपेर जेल जीवन समेत बिताएका छन् ।

हाल पत्रकार दियाली नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सदस्य र राष्ट्रिय दलित पत्रकार संघको केन्द्रिय सदस्य एवम् दर्जनौ संघ सस्थामा समेत रहेर सामाजिक सेवामा क्रियाशील छन् ।  

परिवारजनले पत्रकार दियालीको जीवन रक्षाको लागि पत्रकार दियालीको माछा पुच्छ्रे बैंकको बैंक खाता नम्बर ०१५००९६८१८९०००११ मा सहयोग गर्न सक्ने हुने छ भने मोबाइल नम्बर ९८४२०७९०१९ अथवा ९८४२४०३८५६ मा कल सम्पर्क गरेर पनि सम्पर्क गर्न सकिने छ ।   pb dai

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved