चतराधाममा कौशीकी सन्ध्याकालिन आरती सुरुः "संगम विष्ट"

  • साउन २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ मा रहेको प्राचीन हरिद्वार चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्याकालिन महा आरतीको शुभारम्भ गरिएको छ ।

नगरपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने योजना अनुसार नगरपालिकाले उक्त सन्ध्याकालिन आरती मङलवार सांझबाट सुरु गरिएको नगरपालिकाको आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारीले बताए ।

धार्मिक पर्यटनको बिकास र वराहक्षेत्रको महत्ब बढाउन सन्ध्याकालिन आरती गर्न कार्यलाइ नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

chatara

 

श्रावण १ गतेबाट सुरु गरिएको उक्त सन्ध्याकालिन आरती कार्यक्रम श्रावण महिना भर हप्तामा दुई पटक शनिबार र आइतबार आयोजना गरिनेछ । श्रावण महिना पश्चात् थप परिमार्जन र तालिका बनाएर सन्ध्याकालिन आरति कार्यक्रम सुरु गरिने नगर प्रमुख कार्कीले बताए ।

नगरपालिको आयोजना र प्रथम जगद गुरु पिठ चतराधाम तथा राधाकृष्ण भक्ति साधना प्रतिष्ठानसंग सहयोगमा मङलवार सांझ सुभारम्भ भएको सन्ध्या कालिन आरतिमा नेपाल राष्ट्रका प्रथम जगदगुरु वालसन्त महोन शरणको समेत विशेष सहभागिता रहेको थियो ।

सन्ध्यामा कार्यक्रममा नगर प्रमुख रमेश कार्की, उप–प्रमुख नन्दकुमारी सुनुवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, वडाध्यक्षहरु, वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनैतिक दलका नेताहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका पदाधिकारीहरु, सुरक्षा निकायका अधिकारीहरु , पण्डित, धार्मिक अगुवा, विद्यार्थी तथा स्थानियहरुको उपस्तिथि रहेको थियो ।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved