अन्तर धार्मिक शान्ति अभियान कार्यक्रम सम्पन्न

  • असार ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  इटहरीमा अन्तर धार्मिक शान्ति महासङ्घ नेपालले सरोकारवालाहरू बिच धार्मिक सवालमा विश्वव्यापी आवधिक समीक्षा तथा अन्तर धार्मिक शान्ति अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

आयोजना गरिएको कार्यक्रममा विश्वव्यापी आवधिक समीक्षा(यूपिआर) का लागि विभिन्न धर्ममा के कस्ता मानव अधिकार हननका घटना भएका छन् त्यसबारे चर्चा गरिएको थियो ।

विभिन्न धर्मका गुरुहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधिहरू र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी कार्यक्रममा पछिल्लो समय विभिन्न धर्ममा भएका मानव अधिकार उल्लङ्घन तथा हननका विषयमा सुझाव सङ्कलन गरिएको थियो ।

बिभिन्न् पक्षबाट आएको सुझावको आधारमा विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) का लागि प्रतिवेदन तयार पारिने आयोजकले जनाएको छ । यूपिआर संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को एउटा महत्त्वपूर्ण चक्रीय संयन्त्र हो, जहाँ अन्य राष्ट्रहरूले लगभग हरेक पाँच वर्षमा प्रत्येक सदस्य राष्ट्रको मानवअधिकारको अवस्थाको समीक्षा गर्छ ।

“सबै धर्मको एउटै चाहना, धार्मिक सद्भाव र शान्तिपूर्ण समाजको स्थापना” भन्ने मूल लक्ष्य लिई नेपालभर रहेका अन्तर धार्मिक शान्तिको क्षेत्रमा कार्यरत संस्था तथा सञ्जालहरूबिच सहकार्य गर्दै समाजमा धार्मिक सहिष्णुता र अन्तर धार्मिक शान्तिको प्रवर्द्धनका लागि अन्तर धार्मिक शान्ति महासङ्घको स्थापना भएको महासङ्घका अध्यक्ष रामभक्त कुरुम्बाङले जानकारी दिए ।

यो संस्थाले मानव–मानवबिचमा एकताको भावना विकास गर्दै मुलुकमा दिगो शान्ति स्थापनार्थ साझा सवालहरूमा सहकार्य गरी अघि बढने उद्देश्यका साथ काम गरिरहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीले अन्तर धार्मिक शान्ति महासङ्घ नेपाल युनाइटेड मिसन टु नेपाल र स्थानीय साझेदार संस्था सामुदायिक विकास मञ्च मोरङ लेटाङसँगको साझेदारीमा विभिन्न धर्मगुरुहरू र अनुयायीहरुबीच समन्वय गरेर समुदायमा धार्मिक सहिष्णुता र शान्ति निर्माणको लागि अन्तर धार्मिक शान्ति सञ्जाल गठन गरी यसको स्थापना भएको जानकारी दिए ।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved