असारको अन्तिम साता बुढासुब्बामा अत्यधिक भीँड

  • असार ३१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  असार महिनाको अन्तिम शनिवार । साउन महिनाभरि बलिदिन नपाउने भएकोेले धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न आउनेहरुको संख्या अत्याधिक रहेको थियो ।

साउन महिनाभरि धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकोले धरानका सबै मठ मन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने भएकोले असारको अन्तिम शनिवार भक्तजनहरुको अत्याधिक भीड बढेको हो ।

धरान उपमहानगरपालिकाको शीरमा रहेको बुढासुब्बाक मन्दिरमा कुनै पनि नौलो काम गर्न लागेको समयमा यहाँ पूजाआजा गर्ने र बलि चढाउने परम्परा बर्षौदेअ रहीआएको छ । साउनमहिनाभरि बलि चढाउन नपाउने भएकोले प्रत्येक बर्ष असारको अन्तिम शनिवार यो मन्दिरमा अत्याधिक भीड हुने गरेको हो ।

नेपालमै एक मात्र मन्दिर बुढासुब्बा मन्दिरमा माया गर्ने जोडी तथा भर्खरै विवाह बन्धनमा बाधिएका जोडीहरु यस मन्दिरमा पहिला दर्शन गर्न आउने गर्छन ।

भर्खरै विवाह बन्दधमा बाधिएकी इटहरीकी बर्षा बुढाथोकीलाई समेत विवाह बन्धमा बाँधिएपछि बुढासुब्बा मन्दिरमा आएर दर्शन गर्दै यहाँ रहेको बासमा धागो बाध्दा दाम्पत्य जीवन सुखमय हुने विश्वासले बुढासुब्बा मन्दिरमा दर्शन गर्न आएको बताइन् ।

यस मन्दिरमा भाकल गरेर भाकल बुझाएको खण्डमा मनोकांक्षा पूरा हुने जनविश्वास भएर नेपालबाटमात्र हैन भारतका विभिन्न स्थानबाट यस मन्दिरमा भागकल चढाउन आउने गरेका छन् । भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी र पोथी नभए कुखुराको अण्डा चढाउने परम्परा रहेको छ । सोही अनुरुप भाकल पुरा गरेको झापा शररणमतिकी अञ्जना कार्कीले बताइन् ।

अन्य बेला भन्दा असारको अन्तिम सनिवार बुढासुब्बा मन्दिरमा अत्यधिक भीड हुने गरेको बुढासुब्बा मन्दिरमा फूलमाला विक्री गर्दै आएका मोहम्मद जमिन बताउछन् ।उनले साउन महिनाभरि मन्दिरमा काटमार नहुने भएकोले असारको अन्तिम शनिवार अत्याधिक भीड हुने गरेको बताए ।

साउन महिनाभरि बोलबमको महिनाको रुपमा लिने गरेका कारण बलि चढाउनेहरु साउन अगावै मंगलबार र शनिवार पारेर बुढासुब्बा मन्दिरमा आउने गरेका छन् । बलि नढाउने तथा दर्शन गर्न आउनेको संख्या एकिन नभए पनि पौराणिक ग्रन्थमा आस्था राखेर आउनेको सख्या लाखौ हुने गरेको छ ।

कोशी प्रदेशमै एकमात्र विजयपुरमा रहेको बुढामन्दिरको महिमा चुलिदै जाँदा भक्तजनहरुसमेत अत्यधिक हुन गरेको पाइएको छ ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved