धरानमा अबैध लागुऔषध र नगद सहित ५ जना पक्राउ,

  • असार २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - स्वर्णीम राई

सुनसरी/ धरान उपमहानगरपालिका–१६ बाट अबैध लागु औषध ट्रामाडोल क्याप्सुल (१४,९०१) चौध हजार नौ सय एक) , स्पाजमोल ट्याब्लेट (७,४९६) सात हजार चार सय छयानब्बे) ,कोलीवन क्याप्सुल (१,१५५) एक हजार एक सय पचपन्न र नगद रू.७६,००० (छयत्तर हजार) सहित ५ जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी अधिकृतको टोलीले शुक्रबार बेलुका ९ः०० बजे धरान उपमहानगरपालिका–१६ बस्ने १७ बर्षिय किशोरीको कोठामा कानूनी रित पुर्याई चेकजाँच गर्दा उक्त अबैध लागुऔषध र रकम बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

सो कार्यमा संलग्न सोही कोठाबाट १७ बर्षिय किशोरी , धरान उपमहानगरपालिका–४ बस्ने २६ बर्षका मदन राई , धरान उपमहानगरपालिका–४ बस्ने १९ बर्षका सचिन राइ, धनकुटा नगरपालिका ३ कागतेका ४५ बर्षका चन्द्रध्वज राई, भारतको अररिया ईन्द्रनगर –९ जोगवनी बस्ने २८ बर्षका रवि कुमार सिंह ,व्यक्तिहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान गर्ने कार्य भईरहेको उपरीक्षक भण्डारीले जानकारी दिए ।

 

 

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved