सुनसरीमा आधाभन्दा बढी सार्वजनिक भवनहरु असुरक्षित " भवनहरु भत्काएर पुन निर्माण गर्नु पर्छः प्रतिवेदन"

  • असार २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्लामा रहेका आधाभन्दा बढी सार्वजनिक भवनहरु असुरक्षित रहेको जनाइएको छ ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुखसुदिप विक्रम भट्टले ५२ प्रतिशत सार्वजनिक भवनहरु असुरक्षित रहेको बताएका छन् ।

विहीबार इटहरीमा भएको सुनसरी जिल्लाका सार्वजनिक भवनहरुको बहुप्रकोपीय द्रुत दृश्यात्मक सर्वेक्षणबाट प्राप्त नतिजा सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् ।

विशेष गरेर विद्यालयका भवनहरु जिर्ण कमजोर र भुकम्पलगायतका विपदलाइ थेग्न नसक्ने अध्ययन प्रतिवेदनले देखाएको बताए ।

उनले भने,‘सुनसरी लगायत १३ जिल्लामा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको दक्ष प्राविधिहरुद्धारा अध्यन गरेकोमा अध्ययन प्रतिवेदनका वारेमा प्राधिकरणले सुनसरीमा रहेका २० प्रतिशत सरकारी तथा सार्वजनिक भवनहरु भत्काएर पुन निर्माण गर्नु पर्ने देखिएको भन्दै विपदका द्धृष्टिकोणले निकै जोखिम रहेको बताए ।

सुनसरीको १२ स्थानिय तहहरु मध्ये सवैभन्दा सुरक्षित गढी गाउँपालिकाको भवनहरु रहेको र सबै भन्दा असुरक्षित सुनसरी देवानगञ्जका सरकारी भवनहरुअसुरक्षितरहेकाअध्यनले देखाएको छ ।

जिल्लामा रहेका भवनहरुलाई विपदबाट जोगाउने प्रारम्भिक रुपमा मर्मत सम्भार गर्नुु पर्ने समेत अध्ययनले देखाएको छ । जसकारु.३ अर्व ६७ करोड रुपैयाँ खर्च लाग्ने राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुख भट्टले बताएका छन् ।

तत्काल यति ठुलो रकम व्यवस्था हुन नसक्ने भएकोले पालिकाहरुले अव बनाउने सार्वजनिक भवनहरु भुकम्प लगायतका विपदका जोखिमलाई मध्यनजर गरेर बनाउनु पर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द तिवारीले बताए । 

कार्यक्रममा सुनसरीका पालिकाहरुका प्रमुख ,उपप्रमुख,कार्यकारी अधिकृत, इन्जिनियर,तथा विपद व्यवस्थापन शाखाका विज्ञहरुको उपस्थित रहेको थियो

स्वर्णीम राई 

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

१५ वर्षीया छात्राले ...

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स् ...

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved