तोरीवारी खानेपानीको ८ औ साधारण सभा सम्पन्न

  • असार २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ८ औं साधारण सभा सम्पन गरेको छ ।

बुधबार उपभोक्ता समितिले कार्यलयको सभाहलमा आर्थिक वर्ष २०७९/८० को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधरण सभा आयोजना गरेको हो ।

समितिको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन अनुसार १ करोड ९४ लाख ७ हजार ३ सय ६७ रुपैयाँ १० पैसा आम्दानी गरेको छ ।

खानेपानी महसुलवापत ६१ लाख ५ हजार ९ सय ७४ रुपैयाँ ६९ पैसा सङ्कलन गरेको समितिले खानेपानी डिभिजन कार्यालय ८२ लाख ८७ हजार ३ सय ७८ रुपैयाँ र सङ्घीय खानेपानी कार्यालयबाट २० लाख २ हजार २ सय १८ रुपैयाँ बजेट प्राप्त गरी कार्यान्वयन गरेको छ ।

कोषाध्यक्ष रेणु कुमारी तिम्सिना कार्कीले आव २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आव ०८०/८१ का लागि २ करोड १३ लाख रुपैयाँको अनुमानित आय प्रस्तुत गरिन् । उनले चालु आर्थिक वर्षको प्रतिवेदन आगामी मङ्सिरमा प्रस्तुत गर्ने बताइन् ।

यस्तै लेखा समितिको प्रतिवेदन संयोजक दीपक कार्कीले प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कार्कीले कार्यालयको वार्षिक सञ्चालन खर्च ७२ लाख ६० हजार ३ सय ७ रुपैयाँ २२ पैसा र अनुदान मार्फत भएको निर्माण खर्च ७३ लाख २५ हजार ९ सय ८५ रुपैयाँ ३७ पैसा रहेको उल्लेख गरेका छन् ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलले सेवा क्षेत्रको सामाजिक बनोट, जातिगत अवस्था, पानी वितरणको वर्तमान अवस्था, संस्थागत अवस्था, परिकल्पना, लक्ष्य, उद्देश्य, कार्यक्रमका उपलब्धी, तत्कालीन र दीर्घकालीन उद्देश्य, अवसर र चुनौती प्रस्तुत गरेका थिए ।

अध्यक्ष सिग्देलले साधारण सभामा ५ बुँदे प्रस्ताव पेश गरेका छन् ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिग्देलले प्रत्येक उपभोक्तासम्म खानेपानी र सरसफाइ शिक्षा पुर्याउने बताए । हाल खानेपानी समितिले जम्मा १ हजार ४ सय ८९ धारा वितरण गरेको छ ।

प्रतिदिन १२ घण्टा औसत रुपमा समितिले पानी वितरण गर्दै आएको छ भने प्रतिदिन २४ लाख लिटर पानी खपत हुने तथ्याङ्क रहेको छ । उपभोक्ताबाट समितिले न्युनत्तम १० हजार लिटर (१० युनिट) बराबर १ सय २५ रुपैयाँ मासिक रकम सङ्कलन गर्दै आएको छ ।

साधरण सभामा कोशी प्रदेश सभा सदस्य ममता तामाङको प्रमुख आतिथ्यतामा रहेको थियो ।

समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देलको सभाध्यक्षतामा सम्पन उद्घाटन सत्रमा उपप्रमुख नन्दकुमारी सुनुवार , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , आदर्श खानेपानी तथा सरसफाई उपभोक्ता सतितिका अध्यक्ष हरिकृष्ण भट्टराई , समितिका सल्लाहकार प्रल्लाद भट्टराई , ज्ञानबहादुर पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

१५ वर्षीया छात्राले ...

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स् ...

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved