वराहक्षेत्र/ श्रावण महिनाको सोमवार चतराधाम स्थित कोशौकी (कोशी) नदिको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्बर बाबा धाममा चढाउने परम्परा रहेको छ ।
सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतवार र सोमवार लाग्ने बोल बम मेला लाग्ने गर्दछ ।
उक्त मेलाको व्यवस्थापनकालागि सोमवार विभिन्न समिति गठन गरिएको छ ।
वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मुल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको हो ।
नगरपालिकाको कार्यलयसंगको समन्व्यमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षिय भेलाले मेला व्यवस्थापन समितिको संरक्षकमा नगर प्रमुख रमेश कार्कीलाई चयन गरेको छ ।
समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार रहेकि छिन् ।
जस्मा सदस्यहरुमा वडा नं १ का वडाध्यक्ष किसन थापा, वडा नं २ का वडाध्यक्ष होम प्रसाद गौतम , वडा नं १ का वडा सदस्यहरु, राजनैतिक दलका प्रतिनिधि, खानेपानी , रेडक्रश , चतरा अस्पताल, उद्योव बाणिज्य संघ, सुरक्षा निकाय , धार्मिक संघ, संस्था सदस्य रहेका छन् ।
त्यस्तै मेला आर्थिक व्यवस्थापन सनितिको संयोजकमा वडा नं १ वडाध्यक्ष किसन थापा रहेका छन् ।
सदस्यमा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम , उद्योग बाणिज्य सघ चतरा , नेपाल रेडक्रस सोसाईटी र सदस्य सचिवमा वडा नं १ का सचिब लक्ष्मण पौडेल रहेका छन् ।
शान्ति सुरक्षामा इलाका प्रहरी कार्यालय चतरा , सशस्त्र प्रहरी वल वेस क्याम्प चतरा रहेमा छन् ।
त्यस्तै स्वास्थ्य उपसमितिको संयोजकमा चतरा अस्पताल , खानेपानी तथा सरसफाईको संयोजकमा तोरीवारी खानेपानी उपभोक्ता समिति, बिधुतको संयोजकमा वडा नं १ का वडा सदस्य दिपक राई , स्नान घाट व्यवस्थापन समितिको संयोजकमा स्थानिय देउराली युवा क्लब ,
प्रचार प्रसार उपसमितिको संयोजकमा स्थानिय पत्रकार भविन राउत, अनुगमन व्यवस्थापन उप- समितिको संयोजकमा नगर उपप्रमुख नन्दकुमारी सुनुवार स्वय सेवक उपसमितिको संयोजकमा स्काउटलाई जिमेवारी दिएको वडा नं १ का सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
कार्यक्रममा बोल बम मेलाको व्यवस्थापन, प्रचार प्रसार र मेलालाई व्यवस्थित तथा आक्रषित बनाउने बिषयमा उपस्थित सरोकारवाला निकायले आ(आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले मेलालाई सभ्य , भब्य बनाउन लागि पर्न आग्रह गरेका थिए । मेलाको व्यवस्थापनमा नगरपालिका लागि पर्ने उनले बताए ।
वडा नं १ का अध्यक्ष किसन थापाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार , वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम ,
सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका प्रमुख सशस्त्र प्रहरी निरिक्षक शंकर कुमार कोईरला
शान्ति सुरक्षामा इलाका प्रहरी कार्यालय चतरा बरिष्ट प्रहरी नायव निरिक्षक मुना डागि ,
राजनैतिक दलका प्रतिनिधि,खानेपानी , रेडक्रश , चतरा अस्पताल, उद्योव बाणिज्य संघ, सुरक्षा निकाय , पत्रकारहरु, धार्मिक संघ, संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।