धरान–१३ को कृषि बजारमा विषादि अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले यो एकाइ स्थापना गरेको हो ।
धरानको कृषि बजारमा विषादि परीक्षणका लागि प्रयोगशाला स्थापना हुनु आम उपभोक्ताका लागि निकै खुसीको विषय हो । प्रयोगशालाका सामानहरू र एकजना सहयोगी कर्मचारी पनि आइसकेका छन् ।
यो प्रयोगशाला आगामी साउन १ गतेदेखि पाइलटको रूपमा सञ्चालनमा आउने बताइएको छ । सबै हरिया तरकारी र फलपूmलमा विषादिको मात्रा अब यहीँ परीक्षण हुनेछ ।
आजभोलि अधिकांश हरिया तरकारी र फलपूmलमा विषदिको प्रयोग गरिने र यस्ता विषादिहरू जनस्वास्थ्यका लागि हनिकारक हुने वैज्ञानिकहरूले बताउने गरेका छन् ।
कतिपय विषादिले त मानवका लागि मन्दविषको काम गर्ने उनीहरूले बताउने गरेका छन् तर परीक्षणको अभावमा आम उपभोक्ताहरू यस्ता विषादियुक्त तरकारी र फलपूmल खान बाध्य भइरहेका छन् ।
बालीलाई किरा र रोगबाट जोगाएर अत्यधिक उत्पादन लिन किसानहरूले तरकारी बालीमा किटनाशक विषादि प्रयोग गर्ने गरेका छन् । बजारमा उपलब्ध यस्ता विषादियुक्त तरकारी र फलपूmलको सेवनका कारण उपभोक्ताहरू अनेक स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् ।
बालीमा प्रयोग हुने विषादिहरू धेरै प्रकारका हुन्छन् । धरानमा स्थापित प्रयोगशालामा प्रारम्भमा यीमध्ये दुई प्रकारका विषादिको परीक्षण हुने र बिस्तारै परीक्षणको दायरा बढाउँदै लैजाने योजना प्रकाशमा आएको छ ।
विषादि परीक्षणबाट तरकारी र फलपूmल स्वस्थकर छ कि छैन भन्ने पत्ता लाग्नेछ । त्यसैले उपभोक्ताका लागि यो सकारात्मक विषय हो । स्वस्थकर खाद्यान्नका लागि प्रयोगशालाको स्थापना आवश्यक छ ।
यससँगै किसान र उपभोक्तामा पनि सचेतना जगाउनु आवश्यक छ । खाद्यान्न उत्पादनका क्रममा पालना गर्नुपर्ने मापदण्डबारे किसानमा सचेतना जगाउने दायित्व सरकार र सरकारी निकायहरूको हो ।
त्यसैले प्रयोगशाला स्थापनासँगै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिनुपर्छ ।
प्रयोगशाला स्थापना आम उपभोक्ताको हितमा छ तर बुभ्mनुपर्ने विषय के हो भने प्रयोगशाला स्थाजनाबाट मात्र उद्देश्य पूरा हुँदैन ।
यसले साँच्चैको काम गर्नुपर्छ र परीक्षणको नतिजाबारे उपभोक्ताहरूलाई पनि जानकारी दिइनुपर्छ ।
विषादि परीक्षणको दायरा पनि बढाउँदै लगिनुपर्छ । सरकारी संयन्त्र प्रभावकारी नहुँदा अहिले आम उपभोक्ताहरू विषादियुक्त तरकारी र फलपूmल खान बाध्य छन् । यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । यस्ता प्रयोगशालाहरू देशको हरेक भागमा स्थापना गरिनुपर्छ ।