फिक्कल–नयाँबजार सडक कालोपत्र

  • असार १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ ।

सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो ।

कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो । रु ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ को लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए ।

सडकको अप्ठ्यारो भूभागमा आठ सय मिटर पक्की ढलाइ गरिएको छ । डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो । सडक कालोपत्र बाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको काम समेत गरिएको छ ।

सो कार्यका लागि निर्माण कम्पनीसंग सम्झौता भएको थियो । विसं २०७९ कात्तिक १५ गते सम्पन्न हुनुपर्ने भए पनि सम्पन्न नभएपछि एक पटक म्याद थप भएको थियो ।

विसं २०७६ देखि नै काम सुरु भए पनि २०७७ कात्तिक २ गते ठूलो बाढी आएर पुल समेत बगाएकाले काममा ढिलाइ भएकाले म्याद थप्नुपरेको निर्माण कम्पनीका प्रतिनिधि डिल्लीराम खनालले बताए ।

सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई दैनिक यात्रा गर्न सहज भएको छ । सडक कालोपत्र भएसँगै सूर्योदय नगरपालिकाको गोर्खे तथा माइजोगमाई गाउँपालिकाको जोगमाई, नयाँबजार, प्याङलगायत विभिन्न क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।

‘पहिले बर्खामा याममा सडक हिलाम्मे हुने भएकाले दैनिक उपभोग्य सामग्री ल्याउन फिक्कल बजारसम्म पुग्न धेरै कष्ट भोग्नु पर्दथ्यो’, माइजोगमाई गाउँपालिका–१ का किसान बिनु खड्काले भने, ‘सडक कालोपत्रे भएसँगै यो वर्षदेखि त्यो कष्ट अन्त्य भएको छ, पहिले चार घण्टा समय खर्चेर फिक्कल पुग्नु पर्दथ्यो, अहिले आधा घण्टामा पुग्न सकिन्छ ।’

सडक कालोपत्रे भएसँगै बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत सहज भएका माइजोगमाई –१ नयाँ बजारका देवी अधिकारी बताउँछन् ।

‘विगतमा कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण बिरामीलाई अस्पतालसम्म पुर्‍याउनसमेत हम्मेहम्मे पर्दथ्यो’, उनले भने, ‘सडक कालोपत्र भएपछि सहजरुपमा सवारी साधन गुडाउन तथा बिरामीलाई अस्पताल पुर्‍याउन सकिने भएको छ ।’

सडक कालोपत्रसँगै कृषकलाई धेरै फाइदा पुगेको उनीहरु बताउँछन् ।

‘सडक कालोपत्र भएपछि कृषि उत्पादन बजारसम्म पुर्‍याउन निकै सहज भएको छ, व्यवसायी गाडी लिएर गाउँगाउँसम्म आउन थालेका छन्’, स्थानीय मनिकुमार राईले भने, ‘यहाँ उत्पादित कृषिउपज बारीबाटै बिक्री हुन थालेको छ, आउँदो दिनमा कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई ।दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२ ...

देशको विकास श्रमदानब ...

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved