स्वदेशी उत्पादनमा जोड दिन तालिममा सहभागीलाई अनुरोध "धरानकी महिला उद्यमी मनिता"

  • असार ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ओखलढुंगा/  करोडौको साबुन विदेशबाट आयात भइरहेका बेला स्वदेशी जडिबुटी प्रयोग गरी सावुन बनाउने तालिमलाई तिब्रता दिइएको छ ।

स्थानीय स्तरमा पाइने तीतेपातीको प्रयोग गरी साबुन बनाउने तालिम पछिल्लो पटक ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सम्पन्न गरेको छ । असार ५ देखि ९गतेसम्म सञ्चालन भएको तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष कमल तामाङले गरेका थिए ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिकामार्फत आफ्ना पालिकामा रहेका महिलालाई स्वदेशमै आत्मनिर्भर बनाउन गाउँ घरमा पाइने जडिबुटीको प्रयोग गरी तीतेपातीबाट सावुन बनाउने तालिम दिइएको हो ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष कमल तामाङले स्वदेशी उत्पादनलाई जोड दिन सकेको खण्डमा कसैको मुख ताक्नुपर्ने अवस्था नरहेको बताए ।

उनले गाउँघरमा त्यसै खेर गइरहेको तीतेपातीको प्रयोग गर्दै यहाँ रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन र स्वदेशी उत्पादनलाई भरपुर प्रयोग गर्न सकियोस् भन्ने अभिप्रायले तालिमको आयोजना गरेको बताए ।

उनले करोडौ रुपैयाको सावुन नेपालमा भित्रिदै गएको अवस्थामा नेपालमै सावुन उत्पादन गर्दा महिलाहरु आत्मनिर्भरसँगै रेमिटेन्स बाहिर जानबाट रोकिने बताए ।

यस्तै गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको सावुन बनाउने तालिम प्रभावकारी भएको बताइन् ।

उनले स्वदेशी उत्पादनलाई जोड दिँदै महिलाहरुलाई आत्मनिर्भर बनाउन यो तालिमले सहयोग गर्ने बताउदै यहाँ सिकेको कुरालाई तालिम लिएर गएका महिलाहरुले भरपुर प्रयोग गर्न सुझाव दिइन ।

सो अवसरमा सहभागीहरुले समेत सिकेको कुरालाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाएका थिए ।

सुनकोशी गाउँपालिकाको १० वडाको १७ जना महिला तथा पुरुषहरुले तालिम दिएका थिए । उनीहरुलाई सम्बृद्धि सावुन उद्योग धरानकी महिला उद्यमी मनिता घिमिरेले सावुन बनाउने तरिकाका विषयमा सिकाइएकी थिइन ।

प्रशिक्षक घिमिरेले सिकेका कुरालाई व्यावहारमा उतारेर आत्मनिर्भर बन्न तालिममा सहभागी महिलालाई अनुरोध समेत गरिन । उनले बजारीकरणमा सहजीकरण गर्ने, सामाग्रीहरुको सहयोग चाहेमा उपलब्ध गराइदिने प्रतिबद्धता समेत जनाइन् ।

कार्यक्रममा सुनकोशी गाउँपालिकाका १० वटै वडाका वडाध्यक्ष, गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार कार्की, सुनकोशी प्रहरी चौकीका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

यस भन्दा अगाडि इलाम नगरपालिकाले पनि यस्तै प्रकारको तालिमको आयोजना गरेको थियो । सो तालिममा पनि प्रशिक्षकको भूमिकामा महिला उद्यमी घिमिरेले नै निभाएकी थिइन् ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved