कोशीमा हिमताल विस्फोटनको उच्च जोखिममा

  • असार ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ कोशी जलाधार क्षेत्रका हिमतालहरु विस्फोटनको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

विपद् व्यवस्थापन समिति कोशीले जनाएको छ । कोशी जलाधार क्षेत्रका तल्लो बरुण, हुङ्गुट, लुमदिङ्ग च्छो लगायतका ४२ वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेको जनाइएको छन् ।

समितिले हालै कार्यान्वयनमा ल्याएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको आँकलन गरिएको छ ।

समितिका सदस्य यशप्रसाद सुब्बाका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा सबैभन्दा बढी १७ वटा हिमताल फुट्ने उच्च जोखिम रहेको छ । जसमध्ये नेपालतर्फ चार वटा र तिब्बततर्फ १३ वटा हिमतालहरु पहिचान भइसकेको उनले बताए ।

इसिमोड नामक संस्थाले विष्फोटनको उच्च जोखिममा रहेका हिमतालहरुको अध्ययन गरेको जनाउँदै उनले ठूला नदीहरुमा आकस्मिक बाढी आउने एउटा कारण हिमतालको विष्फोटन रहेको जानकारी दिए ।

नदी जलाधार क्षेत्रहरुमध्ये दूधकोशीमा नौ, तामाकोशीमा आठ र सुनकोशीमा चार वटा हिमताल फुट्ने उच्च जोखिममा रहेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’मा उल्लेख गरिएको छ ।

यसैगरी, इसिमोडको अध्ययन अनुसार तमोर जलाधार क्षेत्रमा चार वटा हिमताल विष्फोटनको उच्च जोखिममा रहेका छन् ।

विश्वमा बढ्दो तापक्रमका कारण भइरहेका जलवायु परिवर्तन नै हिमतालहरु फुट्ने जोखिमको मुख्य कारण भएको विपद् विज्ञ एवम् विपद् व्यवस्थापन समिति कोशीका सदस्य सुब्बाले बताए। कोशीमा आउने गरेको आकस्मिक एवम् ठूलो बाढीको कारण हिमताल विस्फोट नै रहेको जनाइएको छ ।

नेपालका पहाडहरु ५० लाख बर्ष अघि निर्माण भएको संसारकै कान्छा पहाड मानिन्छन् । चुरे क्षेत्रको पहाड अझ कम उमेरका अर्थात् १० देखि २० लाख वर्ष मात्रै पुराना मानिएको छ । युरेसियन र इन्डियन प्लेटको टक्करले गर्दा यो क्षेत्र उचालिदै गएको र त्यसबाट भिराला पहाड बढ्दै जाने विज्ञहरुले बताउने गरेका छन् ।

हिमताल विष्फोटनको जोखिम मनसुन सुरु भएपछि असोजसम्म रहने बताइन्छ । सम्भावित भूकम्पले पनि हिमाताल विष्फोटनको जोखिम निम्त्याउने गर्छ ।
विसं २०७३ असार २१ गते हिमतालको बाँध भत्किएर भोटेकोशीमा भीषण बाढी आएको थियो भने २०७४ बैशाख ७ गते हिमताल फुट्दा बरुण नदीको पानीले अरुण नदी थुनिएको थियो । २०७९ मा सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको दुई हजार ५०० घरधुरीलाई प्रभावित बनाएको थियो ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved