अत्याधिक बर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान

  • असार ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt - फाइल तस्बिर

झापा/ पूर्वी नेपालमा मनसुन भित्रिएसँगै लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबानमा परेको छ । असार लागेसँगै लगातार पानी परिरहँदा झापाको जनजीवन प्रभावित बनेको छ ।

झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ ।

त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो । ती क्षेत्र बाढी प्रभावित इलाका हुन् ।

शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन् । झापाका यी स्थानीय तह बाढीबाट बर्सेनि पीडित बन्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार वर्षाका कारण डुबान भएका क्षेत्रको तथ्याङ्क सङ्कलन भइरहेको छ । वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

 तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकै बाली नष्ट भएको छ ।

 स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्राेत : प्रदेश खबर

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved