धरानका प्रमुख राजनीतिक दलद्धारा प्रमुख प्रशासकीय अधिकृत पठाउन माग

  • असार १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका आठ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदै आएको छ । 

प्रमुख प्रशासकीय अधिकृत नहँुदा उपमहानगरपालिकाको दैनिक कामकाजहरु प्रभावित हुँदै आएको छ ।

जनताको कामकाज प्रभावित भएपछि धरानका राजनीतिक दलहरुले चिन्ता व्यक्त गर्दै तत्काल संघीय सरकारसँग प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेको छ । 

प्रमुख विहीन हुँदा प्रशासनिक कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति उत्पन्न भएकोले धरानका ५ प्रमुख राजनीतिक दलहरूले शुक्रवार प्रेस वक्तव्य जारी गर्दै उक्त माग गरेका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओबादी, नेकपा एस लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समक्ष माग गरेका छन् ।

प्रेस विज्ञप्तीमा भनिएको छ ‘‘उपमहानगरपालिका प्रशासकीय प्रमुख विहीन भई रहँदा प्रशासनको कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति आईपर्दा धरानका प्रमुख राजनैतिक दलहरू मुखदर्शक हुन सक्दैनन् ।

’तुरुन्त प्रमुख प्रशासकीय अधिकृत खटाई उपमहानगरपालिकालाई कानुनी राज्यको प्रत्याभूति दिलाउन दलहरूले माग गरेका हुन् ।’

नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी इन्चार्ज चोत्लुङ, जसपा केन्द्रीय सदस्य ताजुब लिम्बु,

नेकपा एस अध्यक्ष रेवती रमण राईले हस्ताक्षर गरेको विज्ञप्तीमा नेपाल सरकारका कानुन, नीति, नियम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएको उल्लेख छ । 

प्रमुख प्रसाकीय अधिकृत नहुँदा जनताको कामहरु ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता, दिर्घरोगी लगायत नागरिकहरूले तत्काल पाउनु पर्ने सेवा सुविधा समेत रोकिएको, विकास निर्माणका भुक्तानीहरू,

शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधामा समेत प्रत्यक्ष असर परि संक्रमणकाल सृजना भएको जनाइएको छ । 

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved