जोगमाई खोलामा जलविद्युत आयोजना निर्माण तीव्र

  • जेठ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  इलामको जोगमाई खोलामा “माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको क्यास्केट आयोजना” निर्माण भइरहेको छ । ५ दशमलव २ मेगावाट क्षमताको आयोजनाको निर्माण करिब ७० प्रतिशत सम्पन्न भएको बताइएको छ ।

माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाबाट निस्किएको पानीलाई करिब साढे तीन किलोमिटर पाइपलाइन मार्फत असलेमा रहेको पावर हाउस सम्म पु¥याइ विद्युत् उत्पादन गरिने भएको छ । एक सय २८ मिटर उचाइबाट पावर हाउसमा पानी खसालेर त्यहाँ जडान गरिएको छ ।

दुई वटा टर्बाइन मार्फत विद्युत् उत्पादन गरिने सञ्चालक हरिबाबु न्यौपानेले जानकारी दिए ।२०७९ चैत्र महिनाबाट निर्माण सुरु भएको आयोजनाको मुख्य प्रभावित क्षेत्र माइजोगमाई गाउँपालिकाको ३ र ४ नम्बर वडा नामसालिङ्गमा रहेको छ ।

 आयोजनाको सिभिल तर्फको काम सकेपछि मेकानिकल काम हुने र आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष रहेको मेकानिकल इन्जिनियर विनोद ज्ञवालीले बताए ।

आयोजनाको निर्माणको ठेक्का शेर्पा हाइड्रो कन्स्ट्रक्सनले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको पुवा खोला जलविद्युत आयोजना सहित माथिल्लो जोगमाई खोला जलविद्युत आयोजनाको समेत उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम गरेको थियो ।कम्पनीका छिरिङ शेर्पाले जोगमाई क्यास्केटमा केही उपकरण लगायतका सामग्री भन्सारमा रहेकाले निर्माणमा केही ढिलाइ भएको बताए ।

जोगमाई खोलामा निर्माण भएको यो तेस्रो जलविद्युत आयोजना हो ।

एक अरब लगानीमा आयोजना निर्माण भइरहेको न्यौपानेको भनाई छ । नवविल बैङ्कको एकल लगानीमा निर्माण भइरहेको आयोजनाको मुख्य प्रवर्द्धक कम्पनी सानभी इनर्जी लिमिटेड रहेको छ । कम्पनीले प्रभावित क्षेत्र तथा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने तयारी भइरहेको जनाइएको छ ।

इलाम जिल्लामा मात्र हालसम्म १६ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भई एक सय २१ मेगावाट विद्युत् वर्षा याममा उत्पादन भइरहेको छ ।

दुई आयोजना मात्र निर्माण भइरहेको छ । यी मध्ये माई खोलामा मात्र नौ वटा जलविद्युत आयोजना निर्माण भएका छन् ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved