सकियो इस्टर्न ट्राभल भारतीय पर्यटनकर्मीद्धारा प्रचार प्रसार गर्ने प्रतिबद्धता

  • जेठ २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ आइतबार राती भारतीय पर्यटक आकर्षित गर्न सुरु भएको चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ ।

सुनसरीको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत भ्रमण र प्रचारप्रसार गर्दै झापाको मेचीनगरमा पुगेर आइतबार राती सम्पन्न भएको हो ।

मेचीनगरको होटेल मेची क्राउनमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटनकर्मीले कोसी प्रदेशका पर्यटकीय क्षेत्रको भारतमा प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोसी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचारप्रसार र प्रवर्धन गर्ने मुख्य उद्देश्य सहित आयोजना गरिएको मार्टको यात्रामा १३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

छिमेकी देश भारतका बिहार, पश्चिमबङ्गाल सिक्किम, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक भविषकुमार श्रेष्ठले बताए । त्यस्तै, नेपालका लुम्बिनी, बाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० जनाभन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूबिच सूचना र व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा छलफल तथा बहस भएको संयोजक श्रेष्ठले बताए । कार्यक्रम समापनको अवसरमा कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले कोसी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार प्रचार अझ व्यापक गर्नुपर्ने बताए ।

उनले विदेशी पर्यटक भित्र्याउन नेपाली पर्यटनकर्मी तथा व्यवसायीले प्रभावकारी ढङ्गले लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डबाट तीस लाख र इटहरी उपमहानगरपालिकाले तीन लाख उपलब्ध गराएका छन् ।

नेपाल पर्यटन बोर्डको आयोजनामा भएको कार्यक्रमको कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए ।

 

विज्ञापन बोर्ड सदस्य ...

इटहरी । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदे ...

धरानमा भव्य रूपमा पर ...

धरान/  हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरा ...

५ सयका ७ थान नक्कली ...

विराटनगर/ विराटनगरस्थित एक किराना पसलमा सामान किन् ...

दौरा सुरुवालमै लन्डन ...

सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved