धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा आयोजित कोशी प्रदेस स्तरीय एस.ई.ई.आईडल-२०२४ का टप फाईनलिस्ट रबिन्द्र श्रेष्ठलाई आईतबार आफुले एस.ई.ई.दिएको धरान-१६ स्थित नबोदय बिद्या मन्दिर बोर्डिङले सम्मान गरेको छ।
धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराई, स्कुलका प्रोग्राम इन्चार्ज निरकुमार राईले रबिन्द्रलाई फाईनलमा पुग्न सफल भएकोमा अबिर र खदा लगाएर सम्मान गर्दै जितको लागि शुभकामना दिए।
१६ नम्बर वडाबाट एक मात्र प्रतिष्पर्धी एस.ई.ई.आईडलको फाईनलमा पुग्न सफल भएकोमा खुशी ब्यक्त गर्दै वडाको तर्फबाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष भट्टराईले बताए।
रबिन्द्रले गीत प्रस्तुत गर्नुका साथै आफुलाई भोट गरेर जिताउन सबैसङ्ग आग्रह गरे।
आफुलाइक भोट गर्नको लागि मोबाएलमा khalti apps download वा open गरि voting मा click गरि SEE Idol-2024 मा गएर SEE singing Idol click गरेर Rabindra kumar Shrestha (S03) क्लिक गरि भोट गर्न सकिने उनले जानकारी गराए।
स्कुलले रबिन्द्र श्रेष्ठलाई जिताउ नामक ब्यानर सहित बाताबरण मिलाई दिए पछि रबिन्द्रलाई यो अवसर जुरेको हो।
रबिन्द्रले गीत प्रस्तुत गर्दा स्कुलका शिक्षक र बिद्यार्थीहरुले तालीले साथ दिएका थिए।
एस.ई.ई.आईडलका निर्देशक राम लिम्बुले स्कुललाई बधाई दिदै भोट गर्ने तरिका सहित फाईनल कार्यक्रमको बारेमा जानकारी दिए।
कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षिका दिब्या सोनाम झाले गरिन।
एस.ई.ई.आईडलको फाईनल आगामी असार-७ गते शुक्रवार धरान-१५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा हुने आयोजकले जनाएको छ।
तस्बिरहरू: