साँस्कृतिक पर्वमा पुस्तान्तरणको आवश्यकता

  • जेठ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वैसाखे पूर्णिमादेखि १५ दिनसम्म किरात राईहरुले बर्षेनी मनाउदै आएको साकेला उभौली पर्व धरानमा राई जातिहरुले धुमधामसँग मनाउदै विधिवत रुपमा सम्पन्न भएको छ ।

धरान १७ साकेला पार्कमा आयोजित समापन कार्यक्रममा सुनसरीभरि रहेका राइ जातिहरुको सहभागितामा ढोल, झ्याम्टासहित गर्मीको कुनै प्रवाह नै नगरी साकेला नाचमा व्यस्थ रहेका थिए ।

युवा, बृद्ध, बृद्धा लगायत सबैको उत्तिकै उपस्थिति रहेको सो समापन कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले साँस्कृतिक पर्वलाई जगर्ने गर्न तथा राष्ट्रको सम्पत्तिको रुपमा विकास गर्न चाडपर्वहरु युवा पुस्तामा पुस्तान्तरण गर्न आवश्यक रहेको् बताए ।

मेयर राईले नेपालको विभिन्न जातजातिको मौलिक पर्व नेपालकै सम्पत्ति भएको बताउदै अबको पुस्ताहरुले यसलाई अंगालेर जानुपर्नेमा जोड दिए ।

उनले आधुनिकरणको नाममा पुस्तौदेखि संम्हाल्दै आएको सबै जातिको भेषभुषा, संस्कृति, भाषा धरापमा परेको बताउदै यसको जगर्ना गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मेयर राईमात्र हैन साकेलामा नाचगानमा व्यस्त भएका युवा पुस्ताहरुले समेत मेयर साम्पाङकोे भनाईलाई समर्थन गरेका थिए ।

उनीहरुले अहिले युवा पुस्ता साकेला पर्वको जगेर्नामा लागि परेको बताएका थिए । धरानका निरज राईले युवा पुस्ताले साकेला पर्वलाई जिवन्तता दिन धेरै प्रयासहरु गर्दै आएको बताए ।

किरात राई यायौख्खा सुनसरीले सुनसरी भरिका राईहरुलाई समटैर सुनसरीका भिन्न स्थानमा सामुहिक रुपमा साकेला पर्व मनाउदै आएको थियो ।

जेष्ठ १० देखि शुरु भएको सो साकेला पर्व २६ गते धरान १७ साकेला पार्कमा सम्पन्न गरिएको थियो ।

सो अवसरमा सुनसरीभरिका किरात राई यायोख्खामा आवद्धहरुलाई समावेश गराई प्रतियोगितात्मक साकेला नाचको समेत आयोजना गरिएको थियो ।

नाचमा उत्कृष्ट तीन समूहरुलाई पुरस्कृत गरिएको थियो भने रार्य समुदायबाट विभिन्न विधामा उत्कृष्ट प्रीदर्शन गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेहरुमा राष्ट्रिय महिला खेलाडी प्रिति राई, राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पावर्त राई, महेन्द्र वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रकुमा राई, इन्जिनियर पारसमणि राई लगायतलाई रहनु भएको थियो ।

 

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved