अमेरिकामा जीवन विज्ञानको योग, ध्यानको अभियान

  • जेठ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  योग, ध्यानका माध्यमबाट मानिसमा सुख, शान्ति र समृद्धिको अभियान सुरु गरेको जीवन विज्ञानले जुन महिनामा अमेरिकामा यो अभियान सञ्चालन गर्ने भएको छ ।

अभियानका लागि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्मा सोमबार बिहान अमेरिका पुग्नु भएको छ ।

अमेरिका जानु अगाडि जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले ध्यानलाई संसारभर फैलाउने जीवन विज्ञानको अभियानलाई साकार बनाउन अमेरिकाबाट सुरु गरिएको बताउनुभयो ।

उहाँले हाम्रा ऋषिमुनिले दिएको ध्यानको ज्ञान र प्रयोगात्मक अभ्यासलाई संसारभर फैलाउदै मानिसको स्वास्थ्य, सुख र शान्तिको चाहनालाई मद्दत गर्ने बताउनुभयो ।

गत चैत्र १७ गतेदेखि ५ हजार ३ सय बढीको ऐतिहासिक सहभागितामा विराट् चक्र विज्ञान सम्पन्न गरेको जीवन विज्ञानले अमेरिकाका दुई राज्यमा चक्र विज्ञानको आयोजना गर्न लागेको हो ।

जुन ८ देखि १४ तारिखसम्म अमेरिकाको क्यालिफोर्निया र जुन २३ देखि २९ तारिखसम्म ओहायो राज्यमा हुने चक्र विज्ञानका साथै अन्य विभिन्न कार्यक्रमका लागि जीवन विकास विशेषज्ञद्वय शर्मा र नेपाल अमेरिका पुग्नु भएको हो ।

नेपाली समय अनुसार सोमबार बिहान लस एन्जलस विमानस्थलमा क्यालिफोर्नियाका लागि नेपाली बाणिज्यदूत ऋषिप्रसाद ढकाल, जीवन विज्ञान प्रतिष्ठानका विदेश विभाग प्रमुख प्रेमकुमार श्रेष्ठ, जीवन विज्ञान अमेरिका प्रशिक्षक परिषदका संयोजक लोक तिवारीलगायतले उहाँहरूलाई स्वागत गर्नुभयो ।

उहाँहरूले क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा जुन ८ देखि १४ सम्म चक्र विज्ञान साधना गराउनु हुनेछ ।

क्यालिफोर्नियाका साथै नर्थ क्यारोलाइना, केन्टकी, ओहायो, शिकागोसहित विभिन्न ७ राज्यमा हुने चक्र विज्ञानसहित हेल्थ म्यानेजमेन्ट, स्ट्रेस म्यानेजमेन्ट, शिक्षक प्रशिक्षणलगायत विविध कार्यक्रममा सञ्चालन गर्नुहुनेछ ।

एक महिनाको बसाईमा जीवन विज्ञानका साधकहरू तथा अमेरिका तथा क्यानडाबाट अमेरिका आउनुभएका नेपालीजनसँग भेट्ने तथा शुभाशिष् प्रदान गर्ने कार्यक्रम रहेको छ ।

विगत १३ वर्षदेखि आध्यात्मिक साधना तथा जीवन व्यवस्थापनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जीवन विज्ञानले मानिसमा रहेका स्वास्थ्य, सुख, प्रेम, साहस ज्ञान, ध्यान, शान्ति र आनन्दका सम्भावना खोज्न नेपालभर योग र ध्यानका तीनसय बढी प्रयोगशालामा नियमित कक्षा सञ्चालन गरिरहेको छ ।

भने अनलाइन प्रयोगशालाहरूबाट विश्वका ६५ भन्दाबढी देशमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved