बिरालोलाई मानार्थ विद्यावारिधि उपाधि

  • जेठ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

एजेन्सी/ कुनै व्यक्तिलाई उसको योगदानको आधारमा मानार्थ विद्यावारिधि (डक्टरेट) को उपाधि दिने गरिन्छ । तर, जनावरलाई पनि विद्यावारिधिको उपाधि प्रदान गरिएको सुन्दा भने अचम्म लाग्न सक्छ ।

संयुक्त राज्य अमेरिकाको भर्मन्ट विश्वविद्यालयले गत हप्ता विद्यार्थीहरूको स्नातक हुनुअघि एक बिरालोलाई मानार्थ विद्यावारिधिको उपाधि दिएको छ ।

म्याक्स नाम गरेको उक्त बिरालोलाई ‘डक्टर अफ लिटर–एचर’ को मानार्थ डिग्री प्रदान गरेको हो । डेलीमेलका अनुसार म्याक्सले विद्यार्थी, शिक्षक र कर्मचारी सबैसँग मिलनसार व्यवहार गरेको भन्दै उक्त उपाधिले सम्मानित गरेको हो ।

भर्मन्ट विश्वविद्यालयको क्यासलटन क्याम्पसमा आउने जाने सबैसँग नजिकिन खोज्ने, खेल्न खोज्ने भएकाले म्याक्स सेलिब्रेटी बिरालोको नामले चिनिएको छ ।

बिरालोलाई उसको मुस्कान वा निदाउनको लागि नभएर उसले देखाउने मित्रताको लागि सम्मान गर्न लागेको क्यासलटन क्याम्पसले जनाएको छ ।

विद्यावारिधिको घोषणा गर्ने पोस्टमा लेखिएको छ, ‘म्याक्स बिरालो क्यासलटन परिवारको वर्षौँदेखि मायालु सदस्य भएको छ ।’ साथै उसलाई मानार्थ विद्यावारिधिले प्राप्त गर्ने सबै प्रकारका सेवा सुविधा दिइने पनि उल्लेख छ ।

म्याक्स क्याम्पस नजिकैको घरमा एक परिवारसँग बस्दै आएको छ । म्याक्सको मालिक एस्ले डो हुन् ।

त्यही भएर बिरालोको नाम पनि म्याक्स डो राखिएको छ । ‘ऊ क्याम्पसमा जान्छ । त्यहाँ विद्यार्थीहरूसँग ह्याङआउट गर्न रुचाउँछ, र उनीहरूले उसलाई माया गर्छन्’, डोले भनिन्, ‘ऊ लगभग चार वर्षदेखि क्याम्पसमा सामाजीकरण गर्दैछ, र विद्यार्थीरू उसलाई देख्दा उत्साहित हुन्छन्, बोक्छन् र सेल्फी खिच्छन् ।’

कहिलेकाँहीं शैक्षिक भ्रमणमा समेत लिएर जाने गरेको उनले बताइन् । विद्यार्थीहरूले डोलाई म्याक्सकी आमा भनेर सम्बोधन गर्छन् । शहरमा फर्केका स्नातकहरूले कहिलेकाहीँ उनलाई म्याक्सको हालखबर पनि सोध्ने गर्छन् । यद्यपि, म्याक्सले स्नातक समारोहमा भने भाग नलिने तथा उनको डिग्री पछि डोलाई प्रदान गरिने क्याम्पसले जनाएको छ । एजेन्सी

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved