नरसिंह मन्दिर जग्गा प्रकरण : छानवीन समितीले कहिले प्रतिवेदन वुझाउँछ ? " केदार बस्नेत"

  • जेठ ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt - केदार बस्नेत

धरान/ नरसिंह भगवान मन्दिर धरान–१४ स्थित दुई धारेमा रहेको मन्दिरको जग्गा धरान ५ स्थित पानबारीको वास्तविक छानविन गर्नको निम्ति एक हप्ता अघि छानविन समिती वनेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले एक हप्ताको समयावधी दिएर इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति समेत गठन गरीसकेको छ ।

मकरध्वज आचार्यले स्थापना गरेको नरसिंह भगवान मन्दिरको जग्गा सुनसरीका विभिन्न स्थानमा छन् तर पानबारीमा रहेको जग्गा भने विवादित वन्न पुगेको छ । हाल नरसिंह भगवान मन्दिर संरक्षण समितिको अध्यक्ष धरानका टोमप्रसाद आचार्य छन् । मन्दिरका संस्थापक मकरध्वजका पनाती हुन् टोमप्रसाद ।

अर्थात् मकरध्वजका छोरा कालिदास, कालिदासका छोरा प्रेमप्रसाद र प्रेमप्रसादका छोरा हुन् टोमप्रसाद । मन्दिर स्थापना कहिले भयो भन्ने यकिन रेकर्ड छैन ।

टोमप्रसाद आचार्य अहिले ८० वर्ष पुगेका छन् । आचार्य परिवारको पृष्ठभूमि केलाउँदा आचार्यका धेरै पुराना पुस्ताले मन्दिर स्थापना गरेको पाइन्छ । नरसिंह वा नृसिंह (मानव रूपमा सिंह) लाई पुराणहरूमा भगवान विष्णुको अवतार मानिन्छ ।

आधा मानव र आधा सिंहको रूप, जसको टाउको र धड़ मानवको थियो तर अनुहार र पंजा सिंहको जस्तै थिए । नरसिंह भगवानलाई वैष्णव सम्प्रदायका मानिसहरूले विपत्तिको समयमा आफ्ना भक्तहरूको रक्षा गर्न देखा पर्ने देवताको रूपमा पूजा गर्दछन् ।

पहिला काठको प्यागोडा शैलीको मन्दिर थियो । उक्त मन्दिर जिर्ण भएर ढलेपछि मन्दिर परिसरमा भएका आपको रुखहरु काटेर अहिलेको मन्दिर निर्माण गरिएको हो ।

नरसिंह भगवान मन्दिर संरक्षण समितिका अध्यक्ष टोमप्रसाद आचार्य भन्छन्, ‘४०/४२ सालतिर जस्तो लाग्छ, त्यसबेला सूर्यप्रसाद उपाध्याय मन्दिरको अध्यक्ष हुनुहुन्थ्यो र अहिलेका १४ नं. वडाका वडाध्यक्षका बुवा सचिव हुनुहुन्थ्यो । मन्दिरको जिर्णाेद्धार उहाँहरुले गर्नुभएको हो ।

मन्दिरको जग्गा जमिन धेरै छ । मन्दिर भएको ठाँउमा १ बिगाहा १२ धुर, तरहरामा ५ कठ्ठाको माछा पोखरी, बक्लौरीमा ३ बिगाहा १० कठ्ठा, तरहरामा नै १ विगाहा ९ कठ्ठा, एकम्बामा ८ कठ्ठा, सिंघियामा १० कठ्ठा र पानबारीमा ७ कठ्ठा १० धुर जग्गा छ । यी जग्गाहरुबाट मन्दिरले आम्दानी लिइरहेको छ, जुन मन्दिरको नित्यपूजामा खर्च हुने गरेको छ ।पानबारीमा मन्दिरको जग्गा १७ कठ्ठा १० धुर जग्गा थियो ।

आचार्य परिवारले दानमा दिएको जग्गा नापि भएको बेला -२०२७ साल) मा जग्गाधनी (मन्दिरका पक्षबाट)अनुपस्थित भएकोले जग्गा छुटेको आचार्यको दाबी छ । साबिक बाझगरा वडा नं. ३ क मा पर्ने ६३ नं. कित्तामा १७ कठ्ठा १० धुर जग्गा थियो ।

पछि ६३ नं. कित्तालाई छुट्याएर १२४ र १२५ नं. कित्ता बनाइएको छ । १२४ नं. कित्ता धरान–८ का लालबहादुर मगरका नाममा गएको छ । १२५ नं. कित्ता छुट जग्गाको रुपमा रहेको छ ।

सोही १२५ नं. कित्तालाई धरान–४ का लालबहादुर थापा मगरले केही प्रमाणहरु संकलन गरेर आफ्नो दाबी गरी धरान ६ नं. वडा कार्यालयबाट सम्पूर्ण कागजात मिलाएर मालपोत कार्यालय धरानमा दाबी पेश गरे ।

उनको दाबी अनुसार मालपोत कार्यालयले उक्त जग्गामा कसैको हकदाबी भए रितपूर्वक दाबी गर्न आउन भन्दै सार्वजनिक सूचना प्रकाशित ग¥यो । सूचना प्रकाशित भएपछि उही धरान–८ का लालबहादुर मगरकी बुहारी लक्ष्मीदेवी मगर्नी र नरसिंह भगवान मन्दिरले पनि दाबी पेश गरे ।

पहिलादेखि नै मन्दिरले उक्त जग्गाको कुत बुझिरहेको थियो । २०१२ सालमा तत्कालिन बाझगरा गाउ पञ्चायतका उपप्रधानपञ्च यम मगरले उक्त जग्गा चर्चिए वापत मन्दिरलाई वार्षिक रुपमा धान बुझाउने गरेको धरान–४ का लालबहादुर थापा मगरले सञ्चारकर्मीहरुसँग बताएका छन् ।

२०१२ सालमा नै मन्दिरले धान लिएको र आजको मितिसम्म पनि उक्त जग्गाबाट बार्षिक ५ हजार रुपैया मन्दिरले लिदै आएको छ ।

२०१२ सालदेखि २०२० सालसम्म यम मगर, २०२० सालदेखि २०३५ सालसम्म हाल धरान–४ का लालबहादुर थापा मगरले, २०३५ सालदेखि २०४८ सालम्म हाल धरान–८ का लालबहादुर मगरले र २०४८ सालदेखि आजसम्म भक्तबहादुर मगरले उक्त जग्गा चर्चिएका छन् ।

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

गुलमोहरको रङले रङ्गि ...

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने ...

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved