धरान १३ बाट लागू औषध गाँजासहित दुई पक्राउ

  • असार २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशानेको कोशी राजमार्गमा सवारी चेकजाँचको क्रममा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ।

मंगलबार साँझ ५:४५ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ६२६८ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाईछिपाई राखिएको ४९.७२५ किलोग्राम गाँजा फेला पारेको हो।

गाँजा दुईवटा सुटकेसभित्र लुकाएर राखिएको अवस्थामा भेटिएको र सोधपुछका क्रममा ती सुटकेस भोजपुर जिल्ला, पौवादुम्मा गाउँपालिका–६ निवासी ३६ वर्षीय जीवनराज राई र ३१ वर्षीय आरएन राईको भएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले दुबै व्यक्तिलाई गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ।

बर्षेनी बाढीको त्रास ...

धरान/ सर्दुखोला आसपासका टोलबासीहरू बाढीको जोखिम कम ...

कविता: सुख्खा खहरेमा ...

लगाउ अट्टाहासबजाउ तालीचिथोरेर तिमिलेमल्हम लागाउदैमाघाउ ...

इटहरीमा टिभिएस एक्सच ...

इटहरी/  नेपालका लागि टिभिएस ब्रान्डको आधिकारि ...

धरानमा कोटीहोम महायज ...

धरान/ प्राणी जगतको कल्याण गर्ने एवम् वैद्धिक सनातन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved