नरसिंह मन्दिर जग्गा प्रकरण :अहिलेको लाल बहादुर झुठा हो,सक्कली लाल बहादुर मरिसके

  • जेठ ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नरसिंह भगवान मन्दिरको जग्गा धरान ६ स्थित पानबारीको जग्गा व्यतिmले दावी गरेपछि विवादमा परेर रोकिएको छ ।

मन्दिरको जग्गा पानबारीमा ७ कट्ठा ११ धुर जग्गा रहेको छ ।मन्दिरको नाममा धरानका आचार्य परिवारले उक्त जग्गा दान गरेका थिए ।

तर पछिल्लो समय आएर उक्त मन्दिरको नाममा रहेका धरान ४ का लाल बहादुर मगरले आफ्नो नाममा वनाउनको लागि मालपोत कार्यालय धरानमा दावी गरेपछि नरसिंह भगवान मन्दिर संरक्षण समितीले उक्त जग्गा मन्दिरकै भएकाले मन्दिरकै नाममा हुनु पर्ने माग गर्दै आएको छ ।

यता उक्त जग्गाको विषयमा छानवीन गर्नको लागि छानवीन समिती पनि वनिसकेको छ ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुखको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

समितिमा नापी कार्यालय धरानका प्रमुख र धरान उपमहानगरपालिकाको प्रतिनिधि सदस्य छन् ।यता धरान उपमहानगरपालिकाले पनि अख्तियारमा सत्यतथ्य छानवीन गरि दोषीलाई कार्वाही गर्नको लागि पत्राचार समेत गरिसकेको छ । यसै सन्दर्भमा कोशी पत्रले नरसिंह भगवान मन्दिर संरक्षण समितीका अध्यक्ष टोम प्रसाद आचार्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।mandirrr

१.नरसिंह मन्दिरको जग्गा किन विवादित बन्न पुग्यो ?

विवादित वनेको होइन । वनाईएको हो । धरान–१४ दुई धारेमा रहेको नरसिंह भगवान मन्दिरको जग्गा व्यतिmको होइन ।

परापुर्वककालदेखि धरानका आचार्य परिवारले भगवानको नाममा मन्दिरलाई दान गरेको जग्गा हो ।्त्यहाँ मन्दिरको नाममा जम्मा १३ कठ्ठा १० धुर जग्गा हो ।फिल्डमा उक्त जग्गा ६३ नं को कित्ता हो ।

जिमदारीको साविक कित्ता हो । त्यो वेला जग्गा कमाउने लाल बहादुर थापा मगर हो । मन्दिरको नामको जग्गा त्यहीँ मगरले कमाउँदै मन्दिरलाई पनि सहयोग गर्दै आएको हो । त्यो वेला नापी हँुदा उस्ले आफ्नो नाममा केही जग्गा आफ्नो नाममा पारेको रहेछ ।

खास सक्कली लाल बहादुर थापा मगर त मरिसकेको छ । अहिलेको लाल बहादुर झुठा लाल बहादुर हो ।सक्कली त मरिसेकेका छन् । उनका २ छोरा छन् ।

अहिले पनि छोरा नाती धरान ८ मा बसोबास गर्छन् । सक्कली लाल बहादुरले त्यो बेला,म अब मन्दिरको जग्गा कमाउन सक्दिन भनेर भतm बहादुरलाई कमाउन उसैले दिएछ ।भतm बहादुरले अहिले पनि वार्षिक रुपमा मन्दिरकै नाममा बाली वुझाउँदै आएका छन् ।

२.तर त्यो जग्गा त लाल बहादुरकै हो भनेर दावी गरिएको छ ?

भने त अहिलेको लाल बहादुर भुठा हो ।ऊ वास्तविक लाल बहादुर नै होइन नी ।

वनावटी लाल बहादुर वनाइएको छ । हामीले वि.स. २०३३ साल सम्म मन्दिरकै नाममा तिरो तिरेको रसिदको प्रमाण छ । हाम्रो पनि गल्ती भयो । आखिर मन्दिरको नामको जग्गा मन्दिरकै त हो नी भनेर अग्रजहरुले चासो पनि दिएनन् होला । हामी त केटाकेटी नै थियोै ।

वास्तविक लाल बहादुर जो मरेर गइसक्यो,नापीको समयमा मन्दिरको नामको ६३ नम्बरको कित्ता के भयो त भन्दा १२४ र १२५ भयो । कित्ता नम्बर १२४ लाल बहादुरको भयो ।अव अहिले आएर मान्छेहरु भ्रममा छन् । उक्त १२५ नम्बरको जग्गा चाहिँ खाली छ ।

केही छैन धनी महल केही छैन सवै खाली देखिन्छ । तर त्यो जग्गा मन्दिरकै हो ।

अहिले सम्म पनि मन्दिरकै हकभोगमा नै छ ।यसरी मान्छेहरु दबाव र प्रभावमा परेर अहिले वर्षौदेखि मन्दिरको जग्गा व्यतिmको नाममा ल्याउन खोजिरहेका छन् ।

३.मन्दिरको नामको जग्गा नापी हुँदा कसरी व्यतिmमा गयो त ?

हो,त्यो वेला नापी हँुदा मरेर गएका जो सक्कली लाल बहादुर हो ।उस्ले कसरी के गरेर आफ्नो नाममा वनाएछ ।

मन्दिरको नामको जग्गा भएकाले पनि अग्रजहरुले खासै वास्ता नगरेको होला ।

आखिर मन्दिरकै नाममा त छ । फेरी त्यो वेला हिँडेर जानु पर्ने अथवा घोडा चढेर जानु पर्ने भएकाले पनि कठिन भयो होला । यसरी अहिले यस्तो होला भनेर के थाहा त । अहिले त अव जग्गाको मुल्य पनि वढ्यो ।

जग्गाको महत्व वढेर गयो । त्यहीँ भएर मन्दिरको जग्गा व्यतिmको नाममा त्यो वेला झुठा लाल बहादुर आएछन् । सन्चारमाध्यमले ठुलो भुमिका खेलेको छ ।

पत्रकार आफैं यस्ता कुरा बाहिर ल्याएर सहयोग गर्दैछन् । धन्यवाद दिन चाहन्छु । सन्चारकर्मीसँग अहिलेको लाल बहादुरले जग्गा मन्दिरकै हो भनेर स्वीकार गरिसेकका छन् ।

४,तपाई आफैं मन्दिर संरक्षण समितीको अध्यक्ष हुनु हँुदो रहेछ,किन चासो राख्नु भएन त ?

होइन । यो थाहा पाएदेखि नै हामी लागिरहेका छौ ।मन्दिर संरक्षण समिती नै वनायौं । मन्दिरको नाममा यहाँ मात्रै होइन ।अन्य स्थानमा पनि जग्गाहरु रहेका छन् । मन्दिर निकै वर्ष पुरानो हो । हामीले मन्दिर सहित मन्दिरका नाममा भएको जग्गालाई संरक्षण गर्नको लागि पनि चासो दखाउँदै आएका छौ ।

अन्य स्थानको जग्गामा यो समस्या छैन । तर पानवारीकै जग्गामा चाहिँ यस्तो समस्या आएपछि विसं २०७५ सालमा तत्कालिन ६ नम्बरका वडाध्यक्ष भुवनसिंह वस्नेतलाई भेटेर कुरा गरेको छु र निवेदन पनि दिएको थिएँ ।

उहाँले पनि नापी शाखालाई सोही मुताविक सिफारिस वनाई दिनु भयो ।

त्यसपछि मैले फेरी भेटेर लु अव सर्जिमिन गरिदिनुस भनेर कुरा गरे तर त्यो वेला कोरानाको समस्याले त्यसै रहेको थियो ।

उहाँले अहिले पनि भन्नु हुन्छ ,त्यो मन्दिरको जग्गा अहिले यस्तो भयो,त्यो वेला नै विविध समस्याले गर्न सकिएन ।

गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेपछि धरान–६ का लालबहादुर थापा मगरले उक्त जग्गा आफ्नो भएको भन्दै मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिएका रहेछन ।

मगरले दिएको निवेदनका आधारमा साविक बाझगरा वडा नं. ३ क कित्ता नं. १२५ मा रहेको ७ कठ्ठा १० धुर जग्गामा लालबहादुर थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सार्वजनिक सूचना मालपोत कार्यालयले प्रकाशित गरेपछि मैले त्यो सुचना थाहा पाएर हामीले पनि आफ्नो प्रमाणहरु लिएर मालपोत कार्यालयमा दाबी गरेका छौ ।बर्षाै अघि हाम्रो बाबु बाजेले नरसिंह भगवानलाई दान दिएको जग्गा अहिले व्यक्ति व्यक्ति मिलेर खान खोजिरहेका छन्, हामी त्यसो हुन दिदैनौ ।

वर्षाैदेखि मन्दिरले नै त्यस जग्गाको कुत समेत बुझिरहेको छ, उक्त कुतबाट मन्दिरको पुजारीको भत्ता दिइरहेका छौ ।

अन्य कुनै व्यक्तिको जग्गा हुन्थ्यो भने अहिलेसम्म दाबी गर्न किन कोही आएन त ? यो सवै कुरा दबाव र प्रभावका कारण यस्तो भईरहेको छ ।

५,तर अहिलेका जनप्रतिनिधीले सर्जमिन गरेको पनि झुठा हो र यस्मा दोषी को को छन् त ?

यसमा जो जो भए पनि अव यो मन्दिरको जग्गा मन्दिरकै नाममा ल्याउनको लागि तपाईहरु पनि सहयोग गर्नु भनेर अनुरोध गर्दछु ।

उहाँहरु सवै व्याक हुनुहोस्।यो मन्दिर जस्तो कुरामा कोही कसै पनि लोभ लालच नगरौ। राम्रो हुँदैन ।यो सवैको सार्वजनिक सम्पति हो।

संरक्षण गर्नु सवैको कर्तव्य हो । हालका वडाध्यक्ष भूपेन्द्र भट्टराई सहित मालपोत कार्यालय धरानका प्रमुख राजेश प्रसाद पोखरेलसँग छलफल गरेको थिए ।

वडाध्यक्ष भूपेन्द्रले पनि मन्दिरको जग्गा रहेछ । म सिफारिस गर्दिन भनेका थिए ।सबै प्रमाण मन्दिर व्यवस्थापन समितिसँग रहेको भन्दै भने मैले २०७५ साल देखि धनीपुर्जा बनाउन प्रक्रिया सुरु गरेको छु ।हामीसँग नापी हुनुभन्दा अघिदेखिका प्रमाण छन् ।

अन्तयमा, म सवैलाई भन्न चाहन्छु की यो तपाई हामी सवैकोल सार्वजनिक सम्पती हो ।यसलाई संरक्षण गर्नु सवैको कर्तव्य हो ।

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved