महेन्द्रगेटको सौन्दर्यकरण तथा सडक स्तरउनतीकाे काम सुरु

  • वैशाख २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको प्रसाशनिक केन्द्र चक्रघट्टी स्थित मुनाल चौक (महेन्द्रगेट सडक खण्ड सडक सौन्दर्यकरणका सहित स्तरउनती काम सुरु भएको छ ।

संघिय सरकारले संघीय आयोजना कार्यान्वयन ईकाई मोरङ्ग बिराटनगर मार्फत ठेक्का प्रकृयाबाट उक्त काम सुरु भएको हो ।

सङ्घीय सरकारबाट नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको र एक करोडबाट बिनियोजन समेत गरेको थियो ।

उक्त मुनाल चौक (महेन्द्रगेट सडक खण्ड सडक साइकल लेन सहितको सौन्दर्यकरणका सहित सडक स्तरउनती काम सुरु भएको नगर प्रमुख रमेश कार्कीले बताए ।

वराहक्षेत्र नगरपालिकालाई नँया शहरको रुपमा बिकास गर्न वडा नं ६ चक्रघट्टि स्थित मुनाल चौक (महेन्द्रगेट सडक खण्ड सडक सौन्दर्यकरण सहित स्तरउनतीकालागि प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्कीले पहल कदमि गरेको वडाध्यक्ष उद्बव पोखरेलले बताए ।

सौन्दर्यकरण सहित स्तरउनतीकालागि नगरपालिकाले सडक अतिक्रमण गरि बनाएका संरचनाहरु हटाएको थियो ।

चक्रघट्टीको बजार सौन्दर्यकरण सुरु भएपछि पुरानो चक्रघट्टी बजारको मुहार फेरिने र चक्रघट्टीको मुनाल चौकदेखि महेन्द्र गेटसम्म नाला, सडकसहितका सौन्दर्यकरणको लागि सङ्घीय सरकारको क्रमागत बजेटको एक करोडबाट काम सुरु भएको नगर प्रमुख रमेश कार्कीले बताए ।

सौन्दर्यकरण सहित स्तरउनतीको कार्यले नगरको प्रशासनिक केन्द्र चक्रघट्टी बजार क्षेत्रमा हुने चहलपहल र सौन्दर्यकरणले बजार क्षेत्र राम्रो देखिने वराहक्षेत्र उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष तुलसी श्रेष्ठले बताए।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved