आफुले पाएको मत पहिचान को लागि महत्त्वपुर्ण : थेगिम

  • वैशाख २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन् ।

उपनिर्वाचनको नतिजा आएपछि बुधबार इलाममा पहिचान पक्षधरले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

सो कार्यक्रममा उम्मेदवार थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको धारणा राखे ।

‘निर्वाचनमा सहभागी हुनु भनेको हाम्रो अन्दोलनकै एउटा गतिविधि थियो, हाम्रो आन्दोलन जारी छ’, थेगिममले भने ।

१५ वैशाखमा भएको इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ मत पाएर तेस्रो स्थानमा रहे । उनले आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिए ।

पत्रकार सम्मेलनमा पहिचान सहितको प्रदेश १ पुनः नामाङ्कन अभियान समिति का महासचिव रामभक्त कुरुम्बाङले एमाले अध्यक्ष केपी शर्मा ओली एकल पहिचानवादी भएको बताए ।

उनले भने, ‘ओली एकल पहिचानवादी हुन्, हामीले एकल पहिचानको नाम कोशी खारेजको माग गरिरहेका छौ, बहुपहिचानको माग गरिरहेका छौं ।’

किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष यासेली योङहाङले उपनिर्वाचनमा माओवादी केन्द्रले समेत एमालेलाई साथ दिएकाले उसले पनि पहिचानको एजेण्डा त्यागेको टिप्पणी गरे ।
पहिचान पक्षधर नेताहरुले उपनिर्वाचनमा मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरेको विश्लेषण गरे ।

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

मध्यराति प्रहरी देखे ...

देवानगञ्ज/ सुनसरीको देवानगञ्जमा भन्सार छली गरी भारतबाट ...

प्रहरीमाथि पेस्तोल त ...

धरान/ मोरङमा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले प्रहरीमा ...

सुनसरीमा प्रहरीलाई द ...

धरान/ सुनसरीको देवानगञ्जमा प्रहरीलाई देख्नेबित्तिक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved