२२ औं मिस्टर धरान असोज १९ गते  हुने,

  • वैशाख १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शारीरिक सुगठन खेलको विकाश प्रवद्र्धन गर्दै आएको हाम्रो व्यायमशालाले २२ औं संस्करणको धरान खुल्ला नगरस्तरीय शारिरीक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आयोजकले आफ्नै धरान ९ स्थित व्यायाम शालामा आईतबार पत्रकार सम्मेलन गर्दै असोज १९ गते गरिने प्रतियोगिताबारे जानकारी दिएको छ ।

प्रतियोगितामा विभिन्न समुहबाट धरानका खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष समिनकला राईले जानकारी दिइन् ।

उनका अनुसार प्रतियोगितामा ४० केजी, ६० केजी, ६५ केजी तौल समुहका खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो दिन प्रि जजिङ हुनेछ ।

उक्त दिन प्रत्येक तौल समुहमा ६ जना गरेर फाइनलको लागि ३० जना खेलाडीहरु छानिनेछन् । प्रतियोगिता धरान ८ स्थित सभागृहमा हुनेछ ।

प्रतियोगिता मार्फत युवा जगतको देखिएको विकृति र विसंगति हटाउने प्रयासको रुपमा रहेको आयोजकले बताएको छ ।

प्रतिष्पर्धामा सहभागि गराई खेलाडीहरुको क्षमता विकाश गरिने अपेक्षा रहेको बताएको छ । प्रतियोगिताका लागि ८ लाख ६५ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा कुल ३ लाख ५ हजार रुपैया पुरस्कारमा खर्च गरिने पनी जनाएको छ ।

प्रतियोगितामा पहिलो पुरस्कार १ लाख ५० हजार, दोस्रो ७५ हजार, तेस्रो ३५ हजार र चौथो पुरस्कार २५ हजार रहेको छ ।

प्रतियोगिताको बेस्ट पोजरलाई १० हजार र मस्ट मस्कुलरलाई १० हजार रुपैया पुरस्कार रहेको जनाएको छ ।

संरचना होइन, नागरिकक ...

धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज प ...

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved