धनकुटामा सम्पन्न गोल्डकपमा धरानको पानबारी विजेता

  • बैशाख ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकपमा धरानको पानबारी फुटवल क्लवले उपाधी जित्न सफल भएको छ ।

हिजो सम्पन्न भएको फाइनल खेलमा पानबारी फुटवल क्लबले फाक्सीप क्लब धनकुटालाई हराउँदै उपाधी जित्न सफल भएको हो ।

विजेता क्लवका अध्यक्ष भुपाल (कृष्ण कुमार) राईका अनुसार उक्त खेलमा क्लबले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ,सिल्ड,र प्रमाण पत्र जित्न सफल वनेको छ ।

उप विजेता फाक्सीप क्लब धनकुटाले नगद ६६ हजार ६ सय ६६ रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

विजेता पानबारी फुटबल क्लवले ट्राईबेकर मार्फत उपाधी जित्न सफल वनेको हो ।panbari

निर्धारित समय दुवै टिमले गोल गर्न नसेकेपछि भएको ट्राईबेकरमा पानबारी फुटबल क्लवले ४ –२ गोल अन्तरले उपाधी जित्न सफल भएको हो । ट्राईबेकरमा मिलन लिम्वू ,रोमन लिम्वू, सुनिल लिम्वू र दोर्जे तामाङले १-१ गोल गर्नु भएको थियो ।

खेलको वेस्ट अफ टुर्नामेण्ट अर्जुन लिम्वूले नगद ३ हजार सहित ट्रफि र प्रमाण पत्र , त्यसैगरि हाई स्कोर मिलन लिम्वू, वेस्ट मिड फिल्ड, वेस्ट डिफेन्स सुमित मगर र वेस्ट प्लेयर नविन भुजुल घोषित भई नगद दुइ हजार पाँच सय ट्रफि र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।

पानवारी फुटवल क्लव २०८० साल दर्ता भई खेल जगतको फुटबलमा खेलाडी उत्पादन र क्षमता विकासको लागि क्रियासशी रहेको छ ।

अन्तराष्ट्रिय स्तरको खेल भारतको दार्जिलिङ भएको खेलमा समेत सहभागिता जनाउँन सफल वनेको छ भने कोशी प्रदेश स्तरी गोल्ड कपमा समेत सहभागिता जनाउँदै आएको क्लवका अध्यक्ष राईले वताउनु भएको छ ।

उहाँले भन्नु भयो, “हामी फुटवलको खेलको विकासको लागि स्थानीय स्तरको खेलाडी उत्पादन गर्ने र राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर अघि वढेको छौं । क्लवले यही वैशाख २२ गतेदेखि प्रथम पानबारी गोल्डकप फुटवलको आयोजना समेत गर्दैछ ।

 

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved