सुनाखरी एकेडेमीका कक्षा-१२ लाई बिदाई

  • वैशाख ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट कक्षा-१२ को अध्ययन पूरा गरि नेपाल परीक्षा बोर्ड(एन.ई.बि.) ले लिने बार्षिक परीक्षाको तयारी गरिरहेका बिद्यार्थीहरुलाई मङ्गलबार बिदाई गरिएको छ।
 
धरान-१२ चतरालाईनमै रहेको गोरखा होटलमा एक कार्यक्रमको आयोजना गरि कक्षा-१२ लाई बिदाई गरिएको हो।sunakhari
 
स्कुलका प्रीन्सिपल मिलन कुमार राई, प्लस टु कोअर्डिनेटर टप कुमार राई, स्कुलका निर्देसक प्रदिप राई लगायतले मायाको चिनो प्रदान गरि खदा र अबिर लगाई कक्षा-१२ लाई बिदाई गरे।
 
 प्रीन्सिपल मिलन कुमार राईले मिहिनेतका साथ पढी राम्रो नतिजा ल्याउन बिद्यार्थीहरुलाई शुभकामना ब्यक्त गरे।
यसैगरी कोअर्डिनेटर टप कुमार राईले एन.ई.बि. लिने बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएर स्कुलको नाम उच्च राख्न बिद्यार्थीहरुलाई शुभकामना दिए। sun
 
 
कार्यक्रममा बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रीन्सिपल दिलिप योगि, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलका प्रीन्सिपल अरुण राई लगायतको उपस्थिति थियो।
 
      बिदाई कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य र गीत प्रस्तुत गरि मनोरञ्जन दिलाए।
 
   एन.ई.बि.ले लिने कक्षा-१२ को बार्षिक परीक्षा आगामी बैशाख -१४ गतेबाट सुरु हुँदै छ।sunakharii

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved