बालबालिकालाई सँस्कृति सिकाउँदै अग्रवाल महिला

  • वैशाख ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै महिला अधिकारकर्मीलाई एकै ठाउँमा भेला गराएर परिवार, समाज र राज्यसंग महिलाको भूमिका विषयमा बहस चलाएको नेपाल अग्रवाल महिला मञ्च धरान सुनसरीले पछिल्लो समय संस्कार र सँस्कृति सानै उमेरदेखि सिकाउनुपर्छ भन्ने अभिप्रायले बालबालिकालाई भेला गराएर एक कार्यक्रम गरेको छ ।

हिन्दु नव बर्ष नव संवत्सर विक्रम संवत–२०८१ को अवसरमा मञ्चले मारबाडी समुदायका बालबालिकालाई भेला गराएर आफ्नो सस्कृतिलाई जिवन्तता दिन हिन्दु धर्मशास्त्रका कुरालाई उजागर गर्न ‘ट्यालेन्ट हन्ट’ को आयोजना गरेको हो ।

समाजलाई योगदान पुर्‍याउन पहिला संस्कारी हुन जरुरी रहेको महसुस गरी मारवाडी महिला मञ्चले यस प्रकारको कार्यक्रमको आयोजना गरेको हो ।

बालबालिकासहित परिवार सहभागी कार्यक्रमको प्रमुख उद्देश्य बालबलिका सानैदेखि संस्कारी बनुन नै भन्ने रहेको मञ्चकी अध्यक्ष इन्दु तोदीले बताइन ।

उनले भनिन्–‘बदलिदो परिवेश अनुसार बालबालिका प्रविधिको विकाससँगै मोवाइलमा बढी समय विताउने, आफन्तसँग घुलमिल कम हुने लगायतका समस्या देखिन थालेसँगै संस्कारी बनाउन पनि बालबालिकालाई लक्षित गरी कार्यक्रम आयोजना गरेका हौ ।’

सो कार्यक्रममा बालबालिकाले भजन, हनुमान चालिसा लगायतलाई समेटर प्रतियोगितात्मक कार्यक्रम राखिएको उनको भनाई थियो ।

कार्यक्रममा २० जना बालबालिकाको सहभागिता जनाएका थिए भने बालबालिकाको प्रतिभालाई नियाल्नसँगै अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

बालबालिकामा पारिवारिक एकताको अभाव, संस्कार र संस्कृतिको अज्ञजनता बढ्दै गएको महसुस हुदै गएको बेला अभिभावकले उनीहरुलाई संस्कारी बनाउन भूमिका निर्वाह गर्नुपर्ने दायित्व बढ्दै गएकोले यो कार्यक्रम आयोजना गरिएको मञ्चकी कोषाध्यक्ष स्वेता अग्रवालले बताइन् ।

अभिभावकले सही बाटोमा डोर्‍याउनुपर्ने आश्यकता बढ्दै गएकोले अभिभावकले संस्कारको अध्ययन गरेर बालबालिकालाई सिकाउने उद्देश्य नै यो कार्यक्रमको पहिलो उद्देश्य रहेको उनको भनाई छ ।

पछिल्लो समय अग्रवाल महिला मञ्चले परिवार, समाज, राष्ट्रमा अग्रवाल समुदायले गर्ने भूमिका विषयमा क्रियाशील हुदै आएका छन् ।

यस्ता प्रकारको कार्यक्रमले समाज, राष्ट्रलाई सहयोग पुग्ने अपेक्षा उनीहरुले गरेका छन् ।

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved